माघ १८, २०७२- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तत्काल सरकार नढल्ने दाबी गरेका छन् ।
‘मुलुक गम्भीर अवस्थामा रहेको यो बेला सरकार ढाल्ने होइन,’ धनकुटा आएका गच्छदारले कान्तिपुरसित कुरा गर्दै भने, ‘बरु सरकारलाई सहयोग गर्ने समय हो ।’ उनले कांग्रेस महाधिवेशनपछि सरकार ढाल्ने कसरत सुरु हुने भनाई हल्लामात्र भएको बताए ।
उपप्रधानमन्त्री गच्छदारले मधेसी मोर्चाको आन्दोलनको औचित्य सकिएको भन्दै संवादमा आउन आग्रह गरे । ‘अब आन्दोलनको आवश्यकता र औचित्य छैन,’ उनले भने, ‘निर्णायक वार्ताका लागि आउनुस्, समस्य टुंग्याऊँ ।’
गच्छदारले संविधान संशोधन भएसँग मोर्चाका माग सम्बोधन भएको उल्लेख गर्दै सिमांकनका विषयलाई पनि छलफलबाट निकास दिन सकिने उल्लेख गरे ।
गच्छदार छिन्ताङ– ९ को आदर्श उच्च माविको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी हुन धनकुटा आएका हुन् ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon