मिरपुर – यु–१९ विश्वकप यु १९समूह डी अन्तरगतको खेलमा नेपालले भारतसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । हुस्सुका कारण ढिला शुरु भएको खेल ४८ ओभरमा छोट्याइएको थियो । बाक्लो हुस्सु लागेपछि मिरपुरमा रहेको शेरे बंगला राष्ट्रिय रंगशालामा हुने भनिएको खेल स्थानीय समय अनुसार ९ः३० बजे मात्र शुरु गरिएको थियो ।
भारतले टस जितेर पहिलो फिल्डिङ्ग गर्ने निर्णय गरयो र नेपाललाई पहिलो ब्याटिङ गर्न पठायो । नेपालको शुरुवात राम्रो हुन सकेन । ५ रन बनाएको स्थितिमा पहिलो ओभरमा नै ओपनर सुनिल धमलालाई शुन्य रनमा नेपालले गुमायो ।
त्यसपछि २४ रनको स्थितिमा नेपालले योगेन्द्र सिंह कार्कीलाई दोस्रो विकेटका रुपमा गुमायो । कार्कीले ७ रन बनाए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाउँदै गयो ।
नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन सन्दीप सुनारले ३७ रन, राजवीर सिंहले ३५ रन तथा आरिफ शेखले २६ रनको योगदान दिए । खेलको अन्त्यतिर प्रेम तामाङले डटेर खेल्दै २९ रन बनाए ।
निर्धारित ४८ ओभरमा नेपालले ८ विकेटको नोक्सानीमा १ सय ६९ रन बनायो ।
नेपाललाई सस्तोमा रोक्ने क्रममा भारतका लागि अभेस खानले ३ विकेट लिए भने मयंक डगर र वासिंगटन सुन्दरले २–२ विकेट लिए ।
आजको खेलले समूह विजेता को बन्छ भन्ने निर्धारण गर्नेछ ।
यसअघि दुवै टोलीले आ–आफ्ना दुई खेल जितिसकेका छन् ।

Sign up here with your email
ConversionConversion EmoticonEmoticon