काठमाडौँ २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता पक्राउ पर्ने डरले भारत पलायन भएका छन् । स्थानीय प्रशासनले जिल्लाका मधेसी नेताको घरघरमा प्रहरी परिचालन गरी पक्राउ गर्ने र मुद्धा चलाउने रणनीति अपनाएको भन्दै उनीहरु भारत पलायन भएका हुन् । मधेसी मोर्चा महोत्तरीमा आवद्ध केही मधेसी नेता भारत बिहारको मधबनी जिल्लाको मधवापुरमा गएर बसेको बताइएको छ ।
भारत पलायन हुने नेतामा तराई मधेस सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष रानी शर्मा, केन्द्रीय सदस्य सुरेश पाण्डे, जिल्ला अध्यक्ष नरेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वकृषिमन्त्री हरिनारायण यादव, केन्द्रीय सदस्य कृष्णशंकर साहलगायत रहेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon