‘मधेस आन्दोलनका कारण बिहारमा नेपाली शरणार्थीको शिविर’

२९ भदौ, काठमाडौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जारी आन्दोलनका कारण छिमेकी राष्ट्र भारतमा नेपाली शरणार्थीको शिविर खडा हुन थालेको बताएका छन् ।
‘कांग्रेस एमालेलाई नै भोट दिएर जिताउने मधेसी समुदाय गोली खाएर शहीद बनेका छन्,’ नयाँ पत्रिकासँगको कुराकानीमा यादवले भनेका छन्, ‘प्रहरी आतंकले घर छाडेर नेपालीहरु विहारतिर भागेका छन् ।’
राज्यको ज्यादतीले मधेसीमा ठूलो त्रास रहेको भन्दै उनले विहारका ठाउँ ठाउँमा नेपाली शरणार्थीको शिविर खडा हुन थालेको बताएका छन् ।
विहारको मधवापुर र सुरसन्दमा खडा भएका शिविरमा नेपाली बसिसकेको नेपाली बसिसकेको पनि यादवले बताएका छन् । नेपालीहरु विस्थापित भएर छिमेकी मुलुकमा शरणार्थी हुनुपरेको विषय अन्तर्राष्ट्रिय मुद्दा हुन्छ कि हुँदैन भनी यादव प्रश्न गर्छन् । उनले यसको जिम्मा सरकारले लिनुपर्ने बताउँछन् ।

Previous
Next Post »