राजेन्द्र महतो मोर्चाको ‘खतरनाक’ योजना ! भूमिगत भएर हतियार उठाउने तयारी

काठमाडौं, ४ असोज । मधेस आन्दोलनका एक हिस्सेदार राजेन्द्र महतो कडा स्वभावका नेता हुन् । उनी सरकारसँग वार्ता गर्नै चाहँदैनन् ।


अरु नेता वार्ताका लागि प्रमुख दलहरुसँग बैठकमा जान थालेपछि महताले उनीहरुबाट अलग भएर आफ्नै पार्टीको नेतृत्वमा मोर्चा समेत खोलेका छन् । पछिल्लो समय मधेस आन्दोलन कमजोर देखिएपछि अब महताले आफ्ना ग्रुपका पार्टीसँग सल्लाह गरेर भुमिगत हुने निर्णयमा पुगेको खबर सार्वजनिक भएको छ । मधेसी दलको आन्दोलनमा जनसहभागिता कमजोर बन्दै जान थालेपछि यस्तो पृथक शैली अपनाउन थालिएको छ । पूरा गर्नै नसकिने माग राखेर आन्दोलनमा जनसहभागिता कम भयो भने सरकारले थप दमन गर्ने तथा पक्राउ गरेर अन्तर्राष्ट्रिय समुदायमा प्रस्ततु गर्न सक्ने निष्कर्ष केही मधेस केन्द्रित दलहरुले निकालेका छन् । गत शुक्रबार वीरगंजमा सम्पन्न मधेसकेन्द्रित समूहरुको बैठकले संविधान जारी भएपछि सरकार र राज्य सयन्त्र थप बलियो हुने तथा आन्दोलनलाइ दमन गर्न सबै उपाय अबलम्वन गर्ने निष्कर्ष निकाल्दै भूमिगत तयारी गरेको छ । समाचार स्रोतका अनुसार बैठकमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, मातृका यादव नेतृत्वको माओवादी पार्टी र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस अभियानको संलग्नता थियो । यी तीनैजना पूर्वमन्त्री हुन् । बैठकमा पृथकतावादी अभियानमा लागेका जयकृष्ण गोइतको पार्टीका प्रतिनिधिको पनि सहभागिता रहेको समाचार स्रोतले जनाएको छ । उक्त बैठकले केन्द्रीय तहका नेताहरु छिट्टै भूमिगत हुने निर्णय गरेको छ । भुमिगत भएपछि भारतमा हतियार ल्याउने सहमति समेत भएको बताइएको छ । आजको तरुण साप्ताहिकमा खबर छ ।
Previous
Next Post »