आफ्नो पाँंचौ अन्तरिक्ष यात्रामा पाडल्काले १ सय ६८ दिन बिताएका थिए । योसँगै उनले कुल ८ सय ७९ दिन अन्तरिक्षमा बिताएर नया रेकर्ड कायम गरेका हुन् ।
सन् २००५ मा रुसी अन्तरिक्ष यात्री सर्गेइ क्रिकालेभले ६ पटकसम्मकोअन्तरिक्ष यात्रामा बनाएको रेकर्डभन्दा
पाडल्काले तोडेको रेकर्ड ६० दिन बढी छ । पाडल्का अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट सोयुजमा कजाखस्तान उत्रिएका थिए ।
पाडल्कासँगै १० दिन अन्तरिक्षमा रहेका डेनमार्कका आन्द्रेस मोगेनसन र काजाखस्तानका एडिन एमबेतोव पनि सुरक्षित रुपमा पृथ्वीमा ओर्लिएका छन् । अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा एक अमेरिकी, तीन रसियन र एक जापानी अन्तरिक्ष यात्री छन् । (एजेन्सी)
Sign up here with your email



ConversionConversion EmoticonEmoticon