आन्दोलनकारीले प्रहरी चौकी जलाए

पर्सा– आन्दोलनकारीहरुले यहाँस्थित नगवामा प्रहरी चौकी जलाएका छन् । चौकीमा प्रहरी नभएको मौका छोपी आन्दोलनकारीहरुले जलाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान चौकीमा रहेको प्रहरीलाई अनत्र स्थानान्तरण गरेको र सोहि मौकामा आन्दोलनकारीले आगजनी गरेको बताइएको छ ।
आगजनीबाट चौकीको प्रतिक्षालय तथा व्यारेक जलेको छ।
यसैबीच मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागि मृत्यु भएका ५ जनाको शनिबार सामुहिक अन्त्येष्टिका लागी शव यात्रा निकालिएको छ ।

Previous
Next Post »