आन्दोलन संयमित हुदा वित्तिकै कफ्र्यु हट्ने छ
काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले प्रहरीलाई आक्रमण गर्ने, अदालत तोडनेजस्ता शान्तिपूर्ण आन्दोलन हुन नसक्ने बताएका छन् ।
संविधानसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘हामीले पनि कैयौ आन्दोलन गरेका छौँ । ०६२–०६३ को आन्दोलनमा शान्तिपूर्ण भयो । आगो लगाउछु भन्छन् । के मुलुकमा आगो लगाउने ?’
उनले वार्ताबाट समाधान खोजिनुपर्ने बताउँदै जनजाती, दलित, आदीवासी, मुसलमान सबैलाई मिलाएर लैजानपर्ने बताए । उनले अहिले सवैको अधिकार स्थापित हुँदै गरेको जिकिर गर्दै यो असफल भए देशको अस्तित्व संकटमा पर्ने अबस्था आउने कुरामा सचेत गराए ।
‘जनताका समस्या समाधान भएका छैनन । शान्ति प्रक्रिया टुंगिएको छैनन् । वार्ताबाट समस्याका समाधान खोज्ने हो,’ प्रम कोइरालाले भने, ‘चाहे तराईमा बस्ने, चाहे पहाडमा, चाहे हिमालमा बस्ने सवैलाई सामेल गरेर अगाडि बढनुपर्ने अबस्था छ । अर्को विकल्प छैन । के मधेशी, के पहाडी, को हिमाली भन्ने होइन । मैले जहिले पनि भन्छु परिवर्तन टिकाउन सकेनौ भने भविष्य संकट आउन सक्छ ।’
उनले एउटा संविधानसभाको चुनाव व्यर्थमा गएको स्मरण गराउँदै अर्को खेर नजान दिननहुने बताए । ‘आज हामी अर्थपूर्ण रुपमा निर्णय गर्यौँ । बास्तवमा भन्ने हो भने सकरात्मक कुरा भएको छ । उत्साहका साथ लिनुपर्छ । ००७ देखि उठेको कुरा पुरा हुँदैछ,’ प्रम कोइरालाले भने ।
उनले आन्दोलनका क्रममा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाहरुको उपचारका लागि सरकारी निकायले सहयोग गर्ने बताए । उनले भने, ‘आन्दोलन संयमित हुदा वित्तिकै कफ्र्यु हटने छ ।’
उनले आन्दोलनरत शक्तिलाई पुनः वार्तामा आउन आग्रह गरे ।
प्रम कोइरालाले एउटा जिल्लामा न्यूनत एउटा निर्वाचन क्षेत्र कायम गर्ने गरि सभासद्हरुले उठाएको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘मैले अन्तराष्ट्रिय जगतमा पनि कुरा राखेको छु । उहाँहरुले सवैलाई लिएर जाने कुरा गरेका छौँ । कोसिस अहिले पनि जारी छ । तपाईहरुले पनि सम्झाउनुपर्छ । अन्तराष्ट्रिय जगतले पनि यो कुरा बुझ्नुपर्छ,’ उनले भने ।
Sign up here with your email




ConversionConversion EmoticonEmoticon