स्टेजमा आगो बाल्ने माला, नाँच्छिन् कि देखाउछिन् ?



चलचित्र ‘वन वे’बाट रजतपटमा उदाएकी कलाकार हुन् माला लिम्बु । हुनत, यो चलचित्रमा उनको अभिनयको उम्दा तारिफ भएको पाइएन । तर, पनि माला अहिले भिडियो र स्टेजमा भने व्यस्त नै छिन् ।
स्टेजमा मालाले गीतमा आकर्षक नृत्य त गर्छिन् नै, त्यो भन्दा धेरै उनको जवानीको चर्चा हुन्छ । नेपालमा आयोजना हुने अवार्ड समारोहमा मालाले जहाँ नृत्य प्रस्तुती गरेकी छिन्, त्यहाँ उनी बोल्ड भएको देखिन्छ ।



उनले हालै मात्र एक म्यूजिक भिडियोमा पुरुष मोडलसँग दिएको हट अवतार र उनले लगाएको पहिरनले पनि खुबै चर्चा पाएको छ । हुनत, नेपाली चलचित्र बजारमा मालाको फिगरको चर्चा हुन थालेको छ ।
चलचित्रमा टिक्नका लागि अभिनयमा नै जोड  दिनुपर्छ । तर, स्टेजमा माला नाच्छिन्  या आफ्नो हट अवतार देखाउछिन् भन्ने चर्चा हुन थालेको छ । यस्तो चर्चा गायिका इन्दिरा जोशीको बिषयमा पनि भएको पाइन्छ ।





Previous
Next Post »