प्रसिद्ध बलिउड संगीतकार तथा गायक आदेश श्रीवास्तवको शनिबार ५१ वर्षको उमेरमा असामयिक निधन भएको छ। क्यान्सरबाट पीडित ५१ वर्षिय आदेशले राती १२:३० बजे आफ्नो देह त्याग गरेका हुन्। उनको विगत ४० दिनदेखि क्यान्सरको उपचारका लागि अन्देरी, मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा भर्ना भएका थिए। सन् १९६५ मा सेप्टेम्बर ४ मा जन्मेका आदेशको जन्म दिनको दिन नै निधन भएको हो।
सन् २०१० मा पहिलोपटक उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनलाई केमियो थेरापी दिइएको थियो। अमेरिकामा उपचार गराएर फर्केका आदेशलाई गत महिनाको अन्त्यमा तेस्रो पटक पनि क्यान्सर भएको जनाइएको थियो।
गत साँझ उनका पत्नीका भाइ संगीतकार ललित पंडितले पछिल्लो समय उनलाई केमियोथेरापी दिइए पनि कुनै असर नगरेकाले चिकित्सकहरुले केमियो दिन बन्द गरेको बताएका थिए।
भारतको जबलपुरमा जन्मेका आदेशले करिब १०० बढी फिल्ममा संगीत भरेका छन्। 'शस्त्र' फिल्मको 'क्या अदा क्या जलवे तेरे पारो' गीतले प्रसिद्धि दिलाएको थियो। उनले 'चलते चलते','बाबुल', कभि खुशी कभी गम', 'राजनीति' लगायतका फिल्ममा संगीत दिएका छन्। बलिउड अभिनेत्री विजेता पंडितसँग विहे गरेका उनका दुई छोरा रहेका छन्।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon