रौतहटको गौरमा कर्फ्यु तोडेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलायो, दुई जना घाइते

रौतहटको गौरमा कर्फ्यु अवज्ञा गरेको भन्दै प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ।
करिब ३ हजारको संख्यामा आएका प्रदर्शनकारीले प्रहरीमाथि ढ्ंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिल प्रहरीले गोली चलाएको हो।
तनावग्रस्त बनेको गौरलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। तर पनि प्रदर्शनकारी आक्रमक बनेपछि प्रहरीले दुई दर्जनभन्दा बढी राउन्ड गोली प्रहार गरेको छ। स्थानीय कविर चोकमा प्रहरीले चलाएको गोली लागि गौर–६ लालबाबु पटेल र अकोलवा–७ नहिरुद्धिन घाइते भएको प्रहरीले जनाएको छ।
घाइते उनीहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ।
सुरुमा प्रदर्शनकारीले ढुंगामुढासँगै गोली फायरिङ भएपछि प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ।
गाउँगाउँबाट लाठी बोकेर आएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरूले कर्फ्यु तोडेर आन्दोलनमा आएका थिए।
Previous
Next Post »