विहान ६ बजेदेखि महोत्तरीमा कर्फु लागेको थियो । तर आन्दोलनकारीहरु ८ बजेदेखि सडकमा घरेलु हतियार लिएर प्रर्दशनमा उत्रे । रोकि राखेका सार्वजनिक गाडी र प्रहरी चौकीहरुमा आक्रमण गर्न थाले । त्यहीबेला असई थमन विकलाई प्रर्दशनकारीले निर्घात कुटपिट गरेका थिए । तर पनि प्रहरीले तत्कालै उद्धार गरयो र त्यहाँ उनको ज्यान जोगियो । असई विकलाई उद्धार गर्दा उनको टाउकोमा निकै ठुलो घाउ लागेको थियो । त्यही आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरेछन् । उनका टाउकोमा मात्र १६ टाँका लागेका थिए ।
त्यसपछि हामीले थप उपचारका लागि जनकपुर अस्पताल पठाऔ । घाइते असई बिकसँग एक सशस्त्रका कुरुवा पनि थिए । एम्बुलेन्सले नगरपालिका क्रस गर्ने बितिकै उनीहरुले आक्रमणको प्रयास गरेका थिए । तर एम्बुलेन्स ड्राइभरले गाउँतिरको बाटोबाट उनलाई अस्पतालतिर लग्यो ।
अस्पताल हिडेको धेरै समय भइसक्दा पनि उनी नपुगेको खवर हामीले पायौ । त्यसपछि हामीले खोजि कार्य गर्दा उनलाई बिभत्स ढंगबाट हत्या गरिएछ । पहिले एम्बुलेन्स रोकेछन् । त्यसपछि उनलाई ३ सय मिटर पर धानखेतमा लगेर हत्या गरेछन् । टाउको र शरिरमा भाला रोपिएको छ । टाउँकोमा भाटा र रड हानिएको छ । उनी त्यहाँबाट बच्न निकै प्रयास गरेजस्तो छ तर घाइते अवस्थामा उनी भाग्न सकेनछन् ।
उनको हत्या कुनै अन्तराष्ट्रिय अपराधी समुहले गरेको भन्दा कम विभत्सपूर्ण छैन । घाइते अवस्थामै विभत्सपूर्णरुपमा हत्या गरिछ । (महोत्तरीका एसपी सौरभ राणासँग गरिएको कुराकानी)
उनको हत्या कुनै अन्तराष्ट्रिय अपराधी समुहले गरेको भन्दा कम विभत्सपूर्ण छैन । घाइते अवस्थामै विभत्सपूर्णरुपमा हत्या गरिछ । (महोत्तरीका एसपी सौरभ राणासँग गरिएको कुराकानी)
Sign up here with your email



ConversionConversion EmoticonEmoticon