रौतहट, भदौ २७ । रौतहटको गौरमा प्रहरीले चलाएको गोली प्रहारबाट सात सात जना भन्दा बढी घाईते भएका छन । घाईते मध्ये दुईको अवस्था गम्भीर छ । झडपको क्रममा आन्दोलनकारीले पनि प्रहरीमाथि गोली चलाएको जनाइएको छ । प्रदर्शनकारीले निषेधाज्ञा तो्डन खोजेपछि झडप भएको हो ।
गौर नगरक्षेत्रको चारैतिरप्रहरीले घेराबन्दी गर्दै प्रर्दशनकारीलाई प्रबेश गर्न दिएको छैन । यसअघि प्रहरीले आइतबार १२ बजे देखि लागु हुने गरी सदरमुकाम गौरमा अनिश्चितकालिन कर्फयु आदेश जारी गरेको थियो ।
गौर नगर क्षेत्रको उत्तरमा निर्माणाधीन बसपार्क, दक्षिणमा टिकुलिया, पूर्वमा बडहरवा पुल र पश्चिममा भन्सार क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि कर्फयु लगाएको हो ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon