बानेश्वर तनावग्रस्त, पानीको फोहोराले महिला नांगिइन (भिडियो सहित)

काठमाडौं, २८ भदौ । संविधानसभा भित्र संविधानको परिमार्जित विधेयक २०७२ का धारा पारित भइरहँदा बानेश्वरमा चोकमा भने संविधानसभाले पारित गरेका विषयलाई लिएर झडप भएको छ ।

संविधानसभाले धर्म निरपेक्ष पारित गरेपछि आक्रोशित भएका हिन्दुवादीहरुले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडेपछि झडप भएको हो ।
झडपका क्रममा हिन्दु राष्ट्र माग गरिरहेका प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको गाडी तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीहरु तोडफोडमा उत्रेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । सोही एक महिला अर्ध नग्न भएकी छिन् । हिन्दुवादीहरु शंखनाथ गर्दै प्रदर्शनमा उत्रिएका छन् ।  तस्विर र  भिडियो : मुकुन्द कालिकोटे 

Previous
Next Post »