उडिरहेको विमानमा अागो लागेपछि आकस्मिक अवतरण




फिलिपिन्स एयरलाइन्सको एक विमान शुक्रबार दक्षिणी फिलिपिन्समा आकस्मिक अवतरण गरेको समाचार छ। 
 
करिब १२० जना यात्रु सवार रहेको एक विमान विमानभित्र नै आगलागी भएर धुवाँ निस्केपछि सो विमान अवतरण गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 
 
फिलिपिन्स एयरलाइन्सको उडान पिआर –१८१४ मा चालक दलका सदस्यसहित १२८ जना यात्रु सवार रहेका सो एयरलाइन्सले जनाएको छ । 
 
सो विमान दक्षिणी सहर दाभाओ सहरबाट मनिला फर्किरहेको अवस्थामा आकस्मिक अवतरण गरिएको जनाइएको छ । 
 
सो घटना स्थानीय समय अनुसार शुक्रबार अपरान्ह १ः३४ बजे भएको दक्षिण मिन्दानाओ सहरका प्रहरी क्षेत्रीय प्रवक्ता आन्टोनिया रिभेराले बताएका छन्।
 
राष्ट्रिय ध्वजावाहक सो विमानको कार्गो क्षेत्रबाट आगलागी सुरु भएपछि चार मिनेटपछि नै आकस्मिक अवतरण गरिएको जनाइएको छ । 
 
 
यस घटनाको कारण अनुसन्धारत रहेको उक्त एयरलाइन्सका अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा 
Previous
Next Post »