महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलका अनुसार न्यौपानेले समूह नै बनाएर नक्कली नोट बनाउँदै आएका थिए। प्राइम लाइफ वैदेशिक रोजगार कम्पनीमा कार्यरत उनले कम्पनीकै स्क्यानर प्रयोग गरी नक्कली नोट रंगीन प्रिन्टरबाट छापेर सहयोगीमार्फत् बजारमा पठाउने गरेको बयान दिएका हुन्।
पोखरेलका अनुसार न्यापानेले कार्यालयमै नक्कली नोट बनाउने र सहयोगीले सो नोट बजारमा लगी चलाउने गरेका थिए। उनको समूहमा संलग्न अन्य तीन जनाको खोजी सुरु गरिएको पोखरेलले जानकारी दिए।
'उनको बयानबाट १६ हजार रुपैयाँ बजारमा गइसकेको खुल्यो,' पोखरेलले भने, 'उनका सहयोगीले नक्कली नोट बजारमा पुर्याकएकाले अहिले हामी उनीहरूको खोजीमा छौं।'
अनुसन्धान अधिकारीका अनुसार १६ हजारका नक्कली नोट दिएर न्यौपानेले ८ सय सक्कली रुपैयाँ लिएका थिए। एक हजार बराबर कति रकम लिने निश्चित नभएको र परीक्षणका रुपमा फोटोकपी मेसिनबाट नक्कली नोट बनाउने गरेको उनले बयान दिएका छन्।
काठमाडौंको नेपालटार बस्ने न्यौपानेलाई भदौ १४ मा गोंगबुको आकासेपुल वरपर नक्कली नोटले सामान किन्ने प्रयास गरिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो। महाराजगञ्ज वृत्तले उनको बयानका आधारमा उनी कार्यरत कार्यालयमा जाँदा दुवैतर्फ प्रिन्ट भइसकेका ५५ वटा हजार दरका नोट र एकातर्फ मात्रै प्रिन्ट गरेका १३ वटा नोट फेला पारेको थियो।
प्रहरीका अनुसार उनले बनाएको नोट सक्कलीभन्दा केही लेसिलोे छ भने एक हजारको नोटमा सरकारले प्रयोग गर्ने कुनै पनि सुरक्षा चिन्हहरू छैनन्। हजार दरको नोट ध्यानपूर्वक हेरे नोट सक्कली वा नक्कली सजिलै चिन्न सकिने एसपी पोखरेलले नागरिकलाई जानकारी दिए।
'हेर्दा उस्तै देखिए पनि नोटको कागज केही लेसिलो छ, छाम्दा थाहा हुन्छ,' पोखरेलले भने, 'सक्कली नोटमा हुने सुरक्षा घेरालगायतका चिन्ह नक्कलीमा नभएको सजिलै थाहा पाउन सकिन्छ।'
Sign up here with your email


ConversionConversion EmoticonEmoticon