महोत्तरीमा विगत ६ दिनदेखि जलेश्वरमा जारी अनिश्चितकालिन कर्फ्युको कारण कोल्हुवाबगेया गाविसका रंजीत पण्डितकी श्रीमतिको मृत्यु भएको छ।
उनलाई कर्फ्युका कारण सयममा अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको स्थानीय जितेन्द्र कुमार मण्डलले बताए।
११ बजेतिर प्रसव पीडा शुरु भएको उनलाई जिल्ला अस्प्ताल जलेश्वरमा ल्याउन कुनै पनि एम्बुलेन्स नपाएको र कर्फ्युका कारण गाडिले जान नमानेपछि उनका ससुरा रामभरोस पण्डितले बुहारीलाई टायरगाडामा राखेर अस्पताल लैजादैं गर्दा उनको बाटोमा मृत्यु भएको जनाइएको छ।
गत बुधबार र शुक्रबार प्रहरीको गोली लागेर जलेश्वरमा ६ जना सर्व साधारण र आन्दोलनकारीहरुबाट एक जना सशस्त्र प्रहरीको असई मारिएपछि स्थानीय प्रशासनद्धारा जलेश्वरमा अनिश्तिकालिन कर्फ्यु लगाइएको छ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon