कान्तिपुर यातायातको सेकेन्ड लास्ट सिटमा भेट भयो । हुन त अगाडि पनि खालि सिट थियो । तर आँट गरेर उनको साइडमा गएर बसेँ । उनले घुरेर हेरिन् । म पनि हेरिरहेँ । जुधिरहेका त हाम्रा आँखा थिए, तर कम्पन त सीधै मुटुमा । त्यत्तिकैमा कन्डक्टर भाडा उठाउन आयो, उनले ५० रुपैयाँको नोट र कार्ड दिइन् । कन्डक्टरले सोध्यो, ‘दुईजना हो ?’ उसले सोधेन मात्रै दुईजनाको भाडा कटायो पनि ।
‘केको दुईजना ? एकजना हो,’ उनी झर्केर बोलिन् ।
आज पनि बस कति छिटै बसुन्धारा, टिचिङ हुँदै रत्नपार्क पुगिसकेछ । आज पनि बोल्ने आँट गर्नै सकिएन । भेट हुन्छ धेरैजसो बसुन्धारा चोकबाट रत्नपार्क जाँदा । हुन त हामी दुवै अपरिचित छौँ । तर, के अपरिचित भन्नु ? उनको नाम पो थाहा छैन, तर प्रत्येक दिनजसो भेट भएकै हुन्छ ।
हाम्रो नजर जुध्छ, घुरेर हेर्छिन् म हल्का हाँसिदिन्छु । अझ कहिलेकाहीँ साँझ रत्नपार्कबाट बसुन्धारा फर्किंदा पनि भेट हुन्छ । उनी पुग्ने ठाउँ थाहा पाउन कम्ती मेहनत गर्नु परेन मैले । एक दिन सामाखुसी भन्दै भाडा दिँदा बल्ल चाल पाएँ । सँगै बस्दा कार्ड त दिन्थिन्, तर सधैँ उल्टो पारेर । नाम पनि थाहा पाउन सकिएन । लाग्थ्यो, नामसम्म थाहा पाउन पाए पनि फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन हुन्थ्यो । प्रत्येक बिहान मायाका किरण बोकेर आउँथे, तर बोल्न नपाउँदा प्रत्येक साँझ निराशामा बदलिन्थे ।
आज म छिटै बसुन्धारा चोकमा पुगेँ, सधैँ चढ्ने ठाउँभन्दा हल्का अगाडि गएर बसिरहेको थिएँ, पछाडि हेर्छु भन्दा बसको झ्यालबाट बाहिर कसैले खोजे जस्तो देखेँ, आखिरी उनी थिइन् । सायद उनी पनि मलाई खोज्न थालिछिन् जस्तो लाग्यो । आजचाहिँ उनको अगाडि एकछिन उभिएर घुरेर हेरेँ, अनि मन्द मुस्कान दिएँ । बल्ल उनी हाँसिन् । हल्का मनमा जोस–जाँगर पलायो । भोलि त जसरी नि बोल्छु भन्दै मनमा कुरा खेलाइरहेँ । टिचिङबाट उसको साइडको सिट खालि भयो । म पनि त्यही सिटमा गएर बसेँ, लगभग गाडी खालिजस्तै थियो । कन्डक्टर आयो, भाडा माग्यो, मैले ५० को नोट दिएँ, कार्ड छ भन्दै । कन्डक्टरले दुईजनाको भाडा कटायो । ऊ ड्रेसमा थिई । अगाडिको सिट खालि हुँदा पनि हामी लास्टको सिटमा दुईजना बसेको भएर हुनुपर्छ, कन्डक्टरले पनि दुईजनाको भाडा लिएको । उसको भाडा तिर्न पाएकोमा मलाई खुसी लागेको थियो । उसलाई हेरेँ, स्माइल दिँदै होली भन्या त, मोरीले त पूरै कालीको रुपधारण गरी रिसाएर बसेकी पो रहिछे । एकैचोटि रत्नपार्क झर्ने बेला थ्यांक यु’भन्दै झरी । त्यसदिन उसलाई हात हल्लाएर बाईबाई गर्न मन थियो, तर फर्काइन भने बेइज्जत हुने, त्यसैले आँट गरिनँ । आज पनि बोल्ने इच्छा, अधुरै भयो ।
शनिबारको दिन थियो । साथीले फुर्सद छ भने न्युरोेड आउ भनेर फोन ग¥यो । शनिबारको काम सकेको थिएँ, फुर्सदमै थिएँ साथी भेट्न हिँडे । खै किन, त्यस दिन मलाई कान्तिपुर बस चढ्न मन लाग्यो । बस चढेँ, कस्तो अचम्म ल आज पनि ऊ भेट भई । तर ऊ अगाडिको महिला सिटमा बसेकी थिई । कुनै चान्स नै थिएन । सरकारसँग पनि रिस नउठेको त कहाँ हो र, किन महिला सिट छुट्टै बनाउनुपरेको होला । विरक्तिएर लास्टमा गएर बसेँ । तर चढेको ५ मिनेट नहुँदै, ऊ त उठेर मेरो साइडमा आई । म त हेर्याहेर्यै भएँ । बोल्न मन त थियो, तर नबोली बसिरहेँ । शनिबार भएर हो कि, आज ऊ पुरै वान पिस ड्रेसमा थिई । रेड कलरको ड्रेस, हिल, त्यसमाथि पिंक कलर पोतिएको ओठ, गाजलमाथि स्याडो पनि, गालामा पनि कुन्नि के–के, चिउँडोको कालो कोठीले त झनै सेक्सी देखिएकी थिई । तत्काल फेसबुक खोलेर ‘फिलिङ हट’ भन्दै सेयर गर्न त मन थियो, तर हतार गरिनँ । सोचेँ, आफ्नै गर्लफ्रेन्ड भएको भए, आज त मेरा ओठहरु पनि निराश हुनु पर्दैनथ्थो होला । सोचेँ आज ऊ डेट हिँडेकी हुनुपर्छ, फलो गर्नु केही फाइदा छैन । टिचिङ नपुग्दै आइफोन निकाली, थिचेजस्तो गरी तर मोबाइल खुलेन । सायद स्विच अफ भएको हुनुपर्छ । मतिर हेरेर बोली ‘एक्सक्युज मी, मोबाइल स्विच अफ भएछ, तपाईंकोबाट एक कल गर्न सक्छु ?’
म त अलमल्लमा परेँ, अनि तत्कालै बोलेँ, अफकोर्स ।
उसले मेरो मोबाइलबाट नम्बर डायल गरी, खुसीको सीमा रहेन । ऊ स्याड फेस बनाउँदै मोबाइल फिर्ता दिँदै बोली, ‘फोन उठेन, थ्यांक यु ।’
दिनभरि साथीसँग वसन्तपुर, नौतले, हनुमानढोका दरबार र धरहरा घुम्दा उसको याद नआएको होइन । साँझ रुम फर्केपछि त्यही नम्बर डायल गरी उसको नम्बर सोध्नुपर्ला भन्दै फर्किएँ । साँझ ट्विटर चलाइरहेको थिएँ, मोबाइलमा म्यासेज आएको संकेत पाएँ । आज भोलि खासै कोही थिएन मलाई मिसकल, म्यासेज गर्ने । त्यसैले, एनटिसीको ब्यालेन्स कम भएको म्यासेज होला भन्दै हेरेँ । अननोन नम्बरबाट पो म्यासेज रहेछ । लेखिएको थियो, ‘हेल्लो मिस्टर, फाइन ? थ्याङक यु ! हिहिहि… ’
मैले ‘???’ लेखी तत्कालै रिप्लाई दिइहालेँ ।
उताबाट फेरि म्यासेज आयो, ‘सरी मैले तपाईंसँग बोल्ने बहाना धेरै बनाएँ र फाइनल्ली सफल भएँ । किनकि तपाईंको मोबाइल मागेर अरु कसैको नम्बर नभएर, मेरैमा डायल गरेकी थिएँ । सुरुमा त डर लाग्यो । तर जब तपाई स्माइल दिँदै मतिर हेर्नुभयो अनि आँट आयो ।’ उसको म्यासेज हेरेपछि म पनि अचम्मै परेँ । कति धेरै नाटक गर्न आउँदो रहेछ केटीलाई झन् । खुसी लाग्यो । मलाई पनि उसको उपस्थिति राम्रै लाग्न थालेको थियो ।
‘मे आइ कल यु ?’ भन्दै अर्को म्यासेज आयो ।
‘अफकोर्स’
त्यत्तिकैमा मोबाइल बज्यो । उठाएँ ।
ऊ बोली, ‘हेल्लो, थ्यांक यु !’

उसको फ्रेन्ड रिक्वेस्ट आयो, प्रोफाइल क्लिक गरेँ । पूरै वान पिस गेटअपमा अनेक शृंगारसहितको सेल्फी देखेँ । फेसबुकमा त पूरै मोर्डन छौ त, सायद विचारमा पनि, मनमनै सोचेँ । सामाजिक सञ्जाल फेसबुकले सम्बन्ध बढाउँदै लग्यो । अब ऊसँग लाइक, कमेन्ट र च्याट दिनहुँ हुन थाल्यो । च्याट गर्दागर्दै एक दिन सोधी, ‘तपाईंको गर्लफ्रेन्ड छ ?’
मैले पनि भन्दिएँ, ‘राम्रो नाटक गर्दी रैछौ, सायद शेक्सपियर, बालकृष्ण सम अहिलेसम्म भए त फ्लप खाने रहेछन् ।’
ऊ मस्तले हाँसी र बोली, ‘क्यान वी कम्युनिकेट थ्रु फेसबुक ?’
– सरी, आई डन्ट युज फेसबुक, ओन्ली ट्विटर ।
– किन, फेसबुक नचलाउने हजुरले ?
– कुनै दिन भनौँला
– आई वान टु फरदर इन्ट्रोडक्सन वीथ योर ?
– ओके, सर्च माई नेम इन फेसबुक, आई विल एक्टिभेट माई एकाउन्ट ।
ऊ मस्तले हाँसी र बोली, ‘क्यान वी कम्युनिकेट थ्रु फेसबुक ?’
– सरी, आई डन्ट युज फेसबुक, ओन्ली ट्विटर ।
– किन, फेसबुक नचलाउने हजुरले ?
– कुनै दिन भनौँला
– आई वान टु फरदर इन्ट्रोडक्सन वीथ योर ?
– ओके, सर्च माई नेम इन फेसबुक, आई विल एक्टिभेट माई एकाउन्ट ।
उसको फ्रेन्ड रिक्वेस्ट आयो, प्रोफाइल क्लिक गरेँ । पूरै वान पिस गेटअपमा अनेक शृंगारसहितको सेल्फी देखेँ । फेसबुकमा त पूरै मोर्डन छौ त, सायद विचारमा पनि, मनमनै सोचेँ । सामाजिक सञ्जाल फेसबुकले सम्बन्ध बढाउँदै लग्यो । अब ऊसँग लाइक, कमेन्ट र च्याट दिनहुँ हुन थाल्यो । च्याट गर्दागर्दै एक दिन सोधी, ‘तपाईंको गर्लफ्रेन्ड छ ?’
– बनाउने इच्छा छैन ।
– किन ?
– केटीप्रति इन्ट्रेस्ट छैन अहिले । तर सुरुमा तिमीलाई देख्दा मलाई रमाइलो लाग्थो ।
– त्यति धेरैपटक देख्दा पनि किन नबोल्नु भाको नि ?
– थाहा थियो, एक दिन तिमी आफैँ बोल्न आउछौँ भन्ने ।
– पक्का गर्लफ्रेन्ड छैन हो ?
– हन्ड्रेड पर्सेन्ट छैन । तर, थिई ।
– हँ ?
– जान्न मन लाग्यो ?
– को थिई, भन्नु न त ।
त्यसपछि म आफैँले लेखेको कथाको लिंक दिएँ, जुन कथा मेरी भूपू प्रेमिकाबारे थियो । जुन प्रेम फेसबुकबाट झांगिएको थियो ।
अहिलेको यो सम्बन्धदेखि एकपटक झस्केँ । सोचे फेरि प्रेममा तडपिनु छैन । मनले तत्काल निर्णय ग¥यो, सम्बन्ध अघि नबढाउन ।
कथा पढिसकेपछि उसले सोधी, ‘सो हर्ट टचिङ, ‘रियल हो त ?’
मैले भनेँ, ‘भनेँ त, त्यसैले आजभोलि फेसबुक चलाउन मन लाग्दैन, च्याटिङ, गल्र्स सबै वाहियात लाग्छ ।’
यसरी नै हाम्रो फेसबुकमा च्याट हुँदै गयो । तर मैले कहिले पनि गर्लफ्रन्डको हिसाबले हेरिनँ, एज फ्रेन्ड सोचिरहेँ । ऊ दिन प्रतिदिन नजिक हुदैँ थिई । ऊसँग फुर्सदको समयमा भेट नभएको पनि होइन । एकदिन उसले धरहरा भेट्न बोलाई ।
हामी चढ्यौँ । धरहराको टुप्पोमा पुगेर उसले सेल्फी खिची । त्यसपछि वसन्तपुर दरबार, म्युजियम हुँदै नौतले दरबारसम्म पुग्यौँ ।
धरहरामा भेटेपछि हामी झनै नजिकियौँ । त्यस साँझ मैले फेसबुकमा एउटा स्टाटस पोस्ट गरेँ–
फेसबुकको च्याटपछि धरहरामा भेट्न बोलाई ।
मलाइ जस्तै भयो होला, अनि प्यास मेट्न बोलाई ।।
स्टाटस देखेपछि उसले तत्कालै हटाउन दबाब दिई । सायद उसको अनुसार हाम्रो सम्बन्ध अगाडि बढ्दै थियो । यसरी कहिले गार्डेन अफ ड्रिम, सुन्दरीजल, फन पार्क, साँगा शिव मन्दिर, ह्वाइट गुम्बासम्म हाम्रो डेट भनौँ या मिस्टेरियस फ्रेन्डीसिपले पाइला टेके । म चाहन्थेँ, ऊसँग नजिकिनु नपरोस्, त्यहीअनुसार आफूलाई समाल्दै अगाडि बढेँ । तर उसलाई विश्वास थियो होला, कुनै दिन हामी प्रेमीप्रेमिका हुन्छौँ भन्ने । एक दिन उसलाई मैले भनेँ, ‘हाम्रो सम्बन्ध यस्तै हो भने धेरै अगाडि बढ्छ । भोलि तिमीलाई मात्र होइन, मलाई पनि समस्या पर्न सक्छ । तर मलाई कुनै पनि हालतमा गर्लफ्रेन्ड बनाउनु छैन । तर तिमी आफूलाई कन्ट्रोल गर्न सक्दिनौ भने यहीँबाट हाम्रो सम्बन्ध अन्त्य गरौँ ।’
उसले मलाई साथी ठान्ने तर ब्वाइफ्रेन्डको रुपमा नसोचेको बताई ।
फस्र्ट लबमा सफल नभएर हुन सक्छ । सबै कुरा मिल्दो र ऊ राम्री हुँदाहुँदै पनि उसलाई प्रपोज गरौँ, प्रेमिका बनाउँ भन्ने मेरो दिमागमा आएन । तर ऊ र मबीच म्यासेज, कल, भाइबर, अनलाइन च्याटिङ मजाले घन्टौँ हुन्थ्यो । कहिलेकाहीँ उसको अनुपस्थितिले मलाई पीडा हुन्थ्यो । सायद, उसमाथि परनिर्भरता बढ्दै गएर हुनुपर्छ । थाहा छैन, यो कस्तो सम्बन्ध हो ?
उसलाई सधैँ विदेशको भूत, ऊ नेपाल बस्न नचाहने । समयको अन्तरालपछि हाम्रो अनएक्सपेक्टेड सम्बन्ध पनि अन्त्यतिर आयो या भनौँ उसको युएसएको भिसा लाग्यो । उसको नेपाल छाड्ने दिन आयो, मलाई पनि नरमाइलो लाग्यो । उसको जाने बेला नजिकिएसँगै हाम्रो भेटघाट झनै बाक्लियो ।
अन्ततः म उसलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने दिन आयो । छुट्ने बेला उसले मलाई अँगालो हाली । र, आँसु बर्साई । मैले पनि आफूलाई कन्ट्रोल गर्न सकिनँ, मलाई पनि त्यस्तै भयो । अन्तमा उसले एउटा खाम मेरो हातमा थमाई र गइहाली । मैले हतार–हतार बन्द खाम खोलेँ । लेखिएको थियो–
प्रिय सुन्दर,
सम्झन्छु हाम्रो पहिलो भेटका कुरा, तपाईंसँग बोल्न खोज्दाखोज्दै पनि धेरै पछि मात्र सफल भएँ । तपाईंसँग यति नजिकिन्छु भन्ने त सोचेकी पनि थिइनँ । हुँदाहुँदै कति ठाउँमा त मैले आफूलाई धान्न सकिनँ । बिनाप्रेम हाम्रो भेटघाट बाक्लियो । तपाईंसँग अकल्पनीय रुपमा बढेको सामिप्यता वा भनौँ सँगै बिताएका पलहरु, सबै तँछाडमछाड गर्दै आज मेरो मस्तिष्कमा आइरहेछन् ।
तपाईंसँग नजिकिने मेरो चाहना थियो, तर तपाईंको प्रेमप्रतिको वितृष्णाले म निराश भएँ । तपाईंलाई मन पराउँछु, माया गर्छु, चाहन्छु भन्ने हिम्मत गर्न सकिनँ । तर, आज यो पत्रमार्फत भन्छु, म तपाईंलाई प्रेम गर्छु ।
उही तपाईंकी ।
पत्र पढेपछि, मनलाई थाम्न सकिनँ । तर, उसलाई यसको जवाफ दिने कुनै माध्यम छैन । नेपाल छाडेसँगै उसले फेसबुक र ट्विटर चलाउन छाडेकी छ । मैले आशा मारेको छैन । उसको फोनको प्रतीक्षामा छु ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon