मुम्बई । हिन्दी फिल्ममा अभिनय सुरु गरेर नयाँ दुनियामा प्रवेश गरेकी सन्नी लियोनीले श्रीमान डेनियल वेबरलाई पनि अभिनयमा डेब्यु गराउने भएकी छिन् ।
दिनेश तिवारीले निर्देशन गर्ने ‘डेन्जरस हुस्न’वाट डेनियल अभिनयमा प्रवेश गर्ने भएका हुन् । सस्पेन्स एक्सन थ्रीलर भनिएको यस फिल्ममा डेनियलको अपोजिट पप गायिका सरु मैनी रहेकी छिन् ।
त्यसो त डेनियल आफैं पनि प्रोडक्सन हाउस खोलेर फिल्म निर्माणको तयारीमा छन् । सुपरम्यानको कथामा बन्ने फिल्ममा श्रीमति सन्नीसंगै आफु पनि अभिनय गर्ने योजनामा छन् उनी ।
सन्नीले सुपरम्यानको भुमिका निर्वाह गर्ने भनिएको उक्त फिल्ममा थुप्रै एक्सन पनि गर्ने भएकी छिन् । आउदो अक्टुबरदेखी अमेरिका र भारतमा यसको सुटिङ गरिने भएको छ ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon