संसद बैठकमा देशको नाम फेर्न प्रस्ताव

धेरै समयपछि रोकिएको संसद बैठक सुचालु भएको छ । एकजना सांसदले देशको नाम फेर्न संसदमा प्रस्ताव राखे । पुरानो देशको नाममा हिन्दुहरुको गन्ध आउने भन्दै उनले देशको नाम ‘भ्यालेन्सिया’ राख्न प्रस्ताव गरे । उनको प्रस्तावमा सबैले सहमति जनाए । अबदेखि देशको नाम भ्यालेन्सिा हुने भयो । धेरै सांसदहरु मक्ख पदै बाहिर निस्किए । तर संसद बैठक समाप्त हुने वितिक्कै दिल्लीबाट फोन आयो । नेताहरुको कोलाहल सुरु भयो र दिल्लीमा लस्कर लागेर वार्ता गर्ने नेतारुले स्पष्ट पारे ।
बेलुकी क्राउन प्लाजामा विदेशीहरुले नेताहरुको सम्मानार्थ एउटा पार्टी आयोजना गरेका छन् । अमेरिकी, युरोपेली र भ्याटिकट सिटीका धर्मगुरुहरुले आयोजना गरेको रस पाटीमा जान सबै नेताहरु तंछाड—मछाड गर्दै लागिपरेका छन् । पार्टीमा भाग लिन गएका नेतागणहरुको माझमा उधिएका एक जना विदेशीले भोलीको संसद बैठकमा झण्डा फेर्न नेताहरुलाई सुझाव दिने वितिक्कै भ्यालेन्सियाली नेताहरु संसद बैठकमा झण्डा पनि फेर्न सहमत भए । चन्द्र र सूर्यले हिन्दुहरुको प्रतिनिधित्व गर्छ भन्दै विदेशीहरुले प्रस्ताव गरेका थिए । एकाएक भोलीको संसद बैठकमा झण्डा फेर्ने प्रस्ताव पनि बहुमतले पारित भयो ।
Previous
Next Post »