रामेछापमा दुईजनालाई स्वाइनफ्लु संक्रमण

भाद्र १९, २०७२- रामेछापमा दुईजना विरामीमा एचवानएनवान इन्फ्लुएन्जा अर्थात स्वाइनफ्लु देखिएको छ ।
ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको सङ्क्रमण भएको पुष्टि भएको हो ।

राष्ट्र्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. गीता शाक्यका अनुसार रामेछापबाट ल्याइएका ८ वटा नमूनामध्ये दुइवटामा एचवानएनवान भाइरस फेला परेको थियो।
रामेछाप जिल्ला अस्पतालमा लामो समयसम्म भर्ना भएका बिरामीलाई निको नभएपछि रगत परीक्षणका लागि भर्ना भएका आठ बिरामीको रगत टेकु अस्पताल पठाएको थियो ।
अस्पतालमा आउने बिरामीमा कडा ज्वरो देखिएपछि एक सातादेखि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा सुवास पाठक र डा सुवास न्यौपानेले जिल्ला अस्पतालसहित मन्थलीको तामाकोसी सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताललगायत अस्पतालमा भर्ना भएका बिरामीको अनुसन्धान सुरु गरेका थिए ।
जिल्लामा कडा ज्वरोका बिरामी देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालका चिकित्सक, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक र अस्पताल सञ्चालक समितिका पदाधिकारीसहितका टोलीलाई परिचालन गरेको छ ।
Previous
Next Post »