भाद्र १८, २०७२- हिन्दू धर्मावलम्बीहरुले शनिवार मुलुकभर श्रीकृष्णजन्माष्टमी पर्व मनाउदैंछन् । पाटनको प्रसिद्ध कृष्णमन्दिरमा त्यसका लागि विशेष तयारी थालिएको छ । मन्दिर परिसरलाई श्रृंगारिएको छ । श्रद्धालुहरु कृष्णमन्दिरहरुमा गई श्रीकृष्णको पूजा आराधना, ब्रत र कीर्तन गर्छन् ।
ललितपुरमा भने यसपटक दरवारक्षेत्रस्थित प्रशिद्ध कृष्णमन्दिरमा भगवान श्रीकृष्णको मूर्ति दर्शन गर्न पाइनेछैन । श्रद्धालुहरुले भगवान श्रीकृष्णको पादूकामात्र दर्शन गरेर चित्त बुझाउनु पर्नेछ ।
भूकम्पका कारण मन्दिर जोखिमपूर्ण भएकाले भक्तजनहरुलाई प्रवेश गर्न नदिई भगवान श्रीकृष्णको चाँदीको पादूका मन्दिरसंगैको डवलीमा राखिने निर्णय भएको गुठी संस्थान ललिपुर शाखा कार्यालयका प्रमुख रुद्रनाथ अधिकारीले कान्तिपुरलाई बताए ।
जन्माष्टमीका अवसरमा राष्ट्रपति डा. रामवरण यादव कृष्णमन्दिर गई श्रीकृष्णको दर्शन र प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।
भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको मध्यरातमा मथुराको एक कारागारमा कंसकी बहिनी देवकीको कोखबाट भएको थियो । यस रातलाई मोहरात्रि भनिन्छ ।
तस्विरहरु: हेमन्त श्रेष्ठ/कान्तिपुर
Sign up here with your email





ConversionConversion EmoticonEmoticon