बिहीवार अर्धनग्न जुलुस प्रर्दशन गरेका आन्दोलनकारी शनिवार सडकमा सुतेर दबाब दिए । सयौँ जना महिला तथा पुरुष मूल सडकमै सुतेर बिरोध जनाएका हुन्। बागलुङलाई दुई प्रदेशमा राखेको बिरोधमा अनिश्चितकालीन बन्दसहित आन्दोनलका विभिन्न कार्यक्रम गर्दै आएका छन्। बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा महिला तथा पुरुषहरु बागलुङ बजारको सडकमा सुतेका थिए। लोकतान्त्रिक चोकदेखि धौलागिरी चोक हुँदै जीपपार्क चोकसम्म सडकमा पल्टिएका थिए।
बागलुङ टुक्रिएको बिरोधमा बागलुङ बजारको सडकमा सुतेर प्रर्दशन गर्दै।
'समग्र बागलुङ' लाई प्रदेश नं ४मा राख्न माग गर्दै नेपाली कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, अखण्ड पार्टी लगायतका दलले नेतृत्व गरेको आन्दोलनमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एशासेसिएसन , पत्रकार महासंघलगायतका संस्थाले एक्यवद्धता जनाउँदै आएका छन्। 'बागलुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन, शीर्ष नेतृत्व होसियार,' लेखेका प्लेकाड टाँसेर पल्टिएका थिए।
निरन्तरको बन्दले यहाँको जनजीवन प्रभावित भएको छ। बन्दले सवारी साधन संचालनमा छैनन्। बागलुङ बजार, गल्कोट हटिया, कुश्मिशेरा, बरेङ, खरवाङ, भिमगिठे, बुर्तिवाङ लगायतका बजार बन्द रहेका छन्। बन्दले शैक्षिक संस्था, उद्योग, कलकारखाना पनि ठप्प रहेका छन्। उता टुक्राउने निर्णय सच्चाउन माग गर्दै बागलुङ सहित धौलागिरीका १७ जना सभासदले पनि दबाब दिँदै आएका छन्। -
Sign up here with your email



ConversionConversion EmoticonEmoticon