आइतबार नेप्से परिसुचक १५ दशमलव २२ अकंले उक्लिएको छ। सो अंकको बृद्धिपछि परिसूचक १ हजार १ सय ८३ दशमलव ९३ कायम भएको छ। त्यस्तै क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३ दशमलव २८ अंक कायम भएको छ।
आइतबार बैंक, बिकास बैंक, जलबिद्युत ,बित्त, बिमा र अन्य समुहका परिसुचकहरु उक्लेका छन्। तर होटल र उत्पादन क्षेत्रको सुचक भने ऋणात्मक देखिएको छ।
सेयरबजारमा आइतबार एक सय ३५ कम्पनीको ११ लाख ७८ हजार १ सय ४ वटा सेयर दुई हजार तिन सय ३० पटक कारोबार भएको छ। १ सय ३१ कम्पनीको ४६ करोड ८१ लाख ६२ हजार ७ सय रुपैयाँको कारोबार भएको छ।
कारोबारका आधारमा आइतबार हिमालय बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन्। पूर्णिमा बिकास बैंक, कन्काई बिकास बैंक र युनियन फाइनान्सका लगानीकर्ताले आइतबार सवैभन्दा बढी कमाएका छन्।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon