१० मेगावाट विद्युत मंसिरमा थपिने

उत्पादन बन्द भएको मोदिखोला जलविद्युत आयोजनाको १० मेगावाट विद्युत मंसिरमा मात्रै राष्ट्रिय प्रशारण लाइनमा थपिने भएको छ। साउन १३ गतेको बाढीले क्षतिग्रस्त भएपछि पर्वतमा अवस्थित सो विद्युत गृहबाट विद्युत उत्पादन हुन सकेको छैन। 


 
विद्युत गृहमा पसेको बाढीले ३० करोडभन्दा बढीको क्षति पुगेको आँकलन गरिएको छ। आयोजना निर्देशक उपेन्द्र गौतमका अनुसार भारतबाट आएको प्राविधिक टोलीले मंसिरको दोस्रो साता काम सक्ने जानकारी गराएको छ। अहिले उपकरण खोल्ने तथा मर्मतको काम भइरकेको उनले बताए। 
 
३ वर्षपहिलेदेखि मोदिखोलाबाट विद्युत उत्पादन हुँदै आएको थियो। 
Previous
Next Post »