यातायात व्यवस्था बिभागले भाडा समायोजनको निर्णय स्विकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले स्विकृत गरेपछि नयाँ भाडादर लागू भएको हो ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना निकालेर भाडादर आजैदेखि लागू हुने जानकारी गराएको छ । सरकारले काठमाडौं उपत्यका सहित शहरी क्षेत्रका लागि सावर्जनिक सवारीको भाडा दर न्युनतम् १३ रुपैयाँ तोकेको छ । यसअघि १५ रुपैयाँसम्म असुल्दै आएका सवारीले अब १३ रुपैयाँ भन्दा बढी लिएमा अनुगमन गरी कारवाही गर्ने सरकारको तयारी छ ।
सरकारले ४ किलोमिटरसम्मलाई न्युनतम् १३ रुपैयाँ भाडा कायम गर्दा १९ किलोमिटरसम्मका लागि २५ रुपैयाँ भाडा तोकेको छ । सरकारले सबै सार्वजनिक यात्रुबाहक सवारी रुटका भाडादर २ दशमलव २२ प्रतिशत घटाएको छ ।
यस्तै सार्वजनिक मालबाहक ट्रकको भाडादरमा पनि ३ दशमलव २४ प्रतिशतसम्म घटाईएको विभागले जनाएको छ ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon