Sign up here with your email
बन्दका कारण रौतहटमा दैनिक उपभोग्य बस्तुको भाउ आकासियो

![]() |
रौतहट –सीमांकन र संबिधान संसोधनको बिषय लिएर संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा द्धारा आह्वान गरीएको अनिश्चित कालिन आमहडतालको कारण रौतहटको जनजिवन पुर्णरुपमा प्रभावित भएको छ । बन्द आव्हानका कारण झण्डै एकमहिना देखी यातायात,उधोग,ब्यापार,पसल,शिक्षण संस्था,बितिय संस्था,लगायत सम्पुर्ण क्षेत्र ठप्प भएकाले सदरमुकाम गौर,गरुडा,कटहरीया,समनपुर लगायत सबै बजारहरुमा दैनिक उपभोग्य बस्तुका साथै बिभिन्न खाले औषधीको समेत अभाव हुन थालेको छ । दैनिक उपभोग्य बस्तुको आपुर्ती पुर्णरुपमा बन्दहुँदा जिल्लाका बजारहरुमा जसो तसो पाइने सामानको मुल्य आकासिएको छ । गौर ,गरुडा, कटहरीया, समनपुर,गंगापिपरा लगायतका बजारमा हाल खाना पकाउने एल्पी ग्याँसको हाहाकार भएको छ । यदा कदा कुनै ब्यापारीले दिएमा पनी मात्र १४ सय ५० मा पाइने ग्याँसको प्रति सिलिण्डर दुइहजार सम्म तिर्नुपरेको उपभोक्ताहरुले गुनासो गरेका छन । त्यसैगरी नेपाल आयल निगमको अधिकृत बिक्रेताहरु संग पेटेल ,डिजेल मटितेलको अभाव भएको छ । डिलरमा पाउन छाडेपछी हाल प्टेल प्रति लिटर एकसय २० ,मटितेल प्रति लिटरको सय रुपैया सम्ममा बिक्रि भइरहेको पाइएको छ । त्यसैगरी चिनि,खाने तेल,आलु,प्याज,सुकेको खुर्सानी लगायत प्राय.ं सबैखाले दैनिक उपभोग्य बस्तुको भाउ बिगतको तुलनामा २५ देखी ५० प्रतिशत सम्म बृद्धीभएको देखिएको छ । हालसम्मको सबैभन्दा लामो बन्दीका कारण सबभन्दा बढी दैनिद ज्यालादारी गरेर खाने मजदुर,रिक्सा,टांगा चालकहरु,यातायात ब्यवशाइहरु मार्कामा परीरहेको रौतहटका सिडिओ मदन भुजेलले बताएका छन ।

ConversionConversion EmoticonEmoticon