भदौं १८ गते देखि २४ गते सम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

भाद्र १७, २०७२- 
मेष 
आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । निजी विचारका कारण प्रेमी–प्रेमिकाबीच खटपट सिर्जना हुनसक्छ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउन सक्छ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । खानपान फेरबदल हुँदा स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । 
वृष 
रोजगारी प्राप्त हुने सम्भावना छ । कलाकौशल देखाएर तन्नेरीहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित भै ठाकठुकसमेत पर्न सक्छ । परोपकारमा सक्रिय हुँदा आफैंलाई आशीर्वाद प्राप्त हुनेछ । 

मिथुन 
महँगा पहिरनले अरूको मन लोभ्याउनेछ । योग तथा शारीरिक व्यायामका कारण मानसिक तनावबाट मुक्त भइनेछ । पर्यटकीय क्षेत्रको काममा बढी आनन्द मिल्नेछ । अनौठा डिजाइनका पहिरनमा लगानी गर्दा मुनाफा हुनसक्छ । अनुशासित भै काम गर्दा षड्यन्त्रकारीहरूलाई परास्त गर्न सकिनेछ ।

कर्कट 
युवायुवतीमाझ नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ । सहयोगीहरूले षड्यन्त्र गर्न सक्छन् । सचेतनाले आफ्नो हित गर्नेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

सिंह 
आफूले गरेको कार्य सफल भै प्रेमिकाले बधाई दिँदा जीवनमा थप ऊर्जा मिल्नेछ । विपन्नहरूबीच सहयोगी भूमिका निर्वाह गर्न सकिनेछ । आफ्नो परिचय अझ विस्तृत तुल्याउने अवसर छ । उपहारका साथ भेट्न आउनेहरूसँग सावधानी अपनाउनुहोला । बोलीमा थप प्रभाव पार्न रातो रंग प्रयोग गर्नु लाभदायक हुन्छ । 

कन्या 
चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चिनुपर्ला । प्रेमी–प्रेमिकासँगको सम्बन्धलाई लिएर निराशा छाउनेछ । लगानीले पिरोल्नेछ । साताको अन्त्यमा रोजगारीको अवसर हात लाग्न सक्छ  । 

तुला  
प्रेमी–प्रेमिकाको मन प्रसन्न हुनेछ । रोजगारी प्राप्त हुनसक्छ । दैनिकीमा परिवर्तनको खाँचो छ । सम्झनालायक कार्य सम्पन्न गर्दा ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । सवारी साधन खरिद गर्न सकिनेछ ।

वृश्चिक 
पूर्वकार्ययोजना सफल भै सार्थक परिणाम हात पर्ला सम्झनालायक क्षण बिताउन पाइनेछ । विपरीतलिंगीको प्रस्तावमा आलटाल गर्दा दूरी बढ्न सक्छ । जुझारु तथा मार्ग प्रशस्त गर्ने अभियानको नेतृत्व गर्ने अवसर प्राप्त हुनसक्छ । चिसो वातावरणमा मनोरन्जन गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला

धनु  
युवायुवतीमाझ चर्चित भइनेछ । आफैंले केही गर्नुपर्छ भन्ने सार्थक उदाहरण बन्न सकिनेछ । स्वदेशमै नयाँ अवसरहरू हात लाग्न सक्छन् । प्रेमी–प्रेमिकाको सपना साकार बनाउन वास्तविकताभन्दा फरक चरित्र चित्रण गर्नुपर्नेछ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । 

मकर 
आफनो धरातल बिर्सिएर अर्काको अभिनय गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमिकाको द्वैध मनस्थितिले आफनो विचारमा पनि परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएका जिम्मेवारी बेवास्ता गर्दा नोक्सानीको फन्दामा परिनेछ । खरानी रंगको पहिरनबाट समस्या निवारण गर्न ऊर्जा मिल्न सक्छ । 

कुम्भ 
बिदेसिएका साथीहरूको सुझावअनुरूप करियर बनाउन गाह्रो पर्नेछैन । आफ्नै मुलुकमा प्रतिस्पर्धा गरी राम्रो परिणाम हात पार्न सकिनेछ । विपरीतलिंगीहरू उपहारसहित भेट्न आउन सक्छन् । मनोरन्जन तथा जलक्रीडा गर्दा स्वास्थको ख्याल गर्नुहोला । घरायसी खिचलोबाट टाढै बस्नु उचित हुन्छ । 

मीन 
भविष्यको चिन्तालाई अवसरले परास्त गर्न सकिनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त भै बाधाहरू फुकुवा हुनेछन् । विभिन्न सभा–सेमिनार तथा प्रतियोगिताहरूमा आफ्नो भूमिका अग्रणी हुनेछ । मर्यादा पालन नगर्दा विवादमा पर्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।
Previous
Next Post »