संविधान सभामा आइतबार पाँचबजे नयाँ संविधानको प्रस्तावित प्रस्तावना, धारा र संशोधन प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने भएको छ।
सभाध्यक्ष नेम्वाङले विधेयकमाथिको दफावार छलफल सकिएको भन्दै आजै पाँच बजेसम्मका लागि स्थगित गरेका हुन्।
आइतबार दिउँसो बसेको बैठक मुख्य दलका शीर्ष नेताहरु र संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले सम्बोधन गरेपछि पाँच बजेसम्मका लागि स्थगित भएको हो।
बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गरेका थिए।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon