नवलपरासीदेखि बर्दियासम्म छुट्टै प्रदेश अस्वीकृत

२८ भदौ, काठमाडौं । संविधानसभाले प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई हटाउने र नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउने प्रस्ताव अस्वीकृत गरेको छ । 




राप्रपाका संसदीय दलका नेता दीपक बोहोराले संविधानको धारा ५६ मा संशोधन प्रस्ताव राखेका थिए, जसमा सात प्रदेशको प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लालाई हटाई एकीकृत नवलपरासीदेखि बर्दियासम्म एउटै प्रदेश बनाउने प्रस्ताव गरेका थिए ।
अहिले त्यस क्षेत्रमा भइरहेको आन्दोलनलाई आफ्नो प्रस्तावले सम्बोधन गर्ने भन्दै बोहोराले संशोधन फिर्ता लिन अस्वीकार गरे ।
लगत्तै संविधानसभाले ध्वनीमतका आधारमा बोहोराको प्रस्ताव अस्वीकृत गरेको छ ।
संविधानसभाले सभासद गोपाल दहितले राखेको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवनलाई समेटेर प्रदेश बनाउने प्रस्ताव पनि संविधानसभाले अस्वीकृत गरेको छ ।

Previous
Next Post »