एउटा युवकका एकै समयमा धेरैजना गर्लफ्रेण्ड हुने अनि केटीहरु युवकसित डेटिङ जानका लागि मरिहत्ते गर्दै पैसा नै तिर्नुपर्ने । सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो वास्तविक घटना हो ।
चीनको डोंगगुवान सहरमा अहिले एउटा यस्तो संस्कार मौलाएको छ जहाँ एक पुरुषसँग कैयौँ गर्लफ्रेण्ड हुन्छन् । पुरुषहरुले धेरै गर्लफ्रेण्डसँग मस्ती गर्ने गरेको विषयलाई लिएर अहिले उक्त सहर चर्चामा छ । चिनिया मिडियाहरुले हालै यस्ता कैयन् तस्वीहरु प्रकाशित गरेका छन् जसमा एकजना पुरुषलाई विभिन्न महिलाहरुसँग चुम्बन गरेको तथा सँगै सुतेको अवस्थामा देख्न सकिन्छ । अझ रोचक कुरा त के भने यहाँका युवतीहरु ब्वायफ्रेण्डलाई पैसा दिएरै भएपनि डेटिङमा जाने गरेका छन् ।
डोंगगुआन चीनको दक्षिणी प्रान्त गुआंगडोंगको अति महत्वपूर्ण औद्योगिक सहर हो । यसलाई विश्वकै कारखानाको नामले पनि चिनिन्छ । तर पछिल्लो समयमा भने यो चीनको सेक्स राजधानीको रुपमा कुख्यात हुँदै गएको छ । यसको मुख्य कारणको रुपमा त्यहाँ महिला तथा पुरुषको संख्याको अनुपात निकै असन्तुलित बन्दै गएको छ । उक्त सहरमा हरेक १ सय महिलाका लागि केवल ८९ जना मात्र पुरुष रहेका छन् ।
महिलाका लागि पुरुष नै नपुग्ने भएपनि युवतीहरु ब्वायफ्रेण्ड शेयर गर्न बाध्य भएका छन् । सहरका अधिकांस युवतीहरु कारखानामा कम नै ज्याला पाएपनि काम गर्ने गर्छन् । कुनै पुरुषसँग बिहे होस् भन्नका लागि उनीहरुले ठूलै कोसिस गरिरहेका हुन्छन् । बिहे नहुँदासम्म पैसा तिरेरै भएपनि केटासँग रोमान्स गर्नुपर्ने बाध्यता छ उनीहरुको ।
युवतीहरुलाई आफुले डेटिंग गरिरहेको केटाका अरु धेरै गर्लफ्रेण्डहरु छन् भन्ने थाहा हुन्छ, तरपनि उनीहरु सोही ब्वायफ्रेण्डसँग बस्दछन् । बहु सम्बन्ध घामजस्तै छर्लंग भएकाले होला केटाकेटीहरु आफ्नो धेरैजनाको सम्बन्धको बारेमा बताउन हिच्किचाउँदैनन् ।
CHINA and India, home to a third of humanity, both face a marriage crisis that will last for generations. A mere five years ago marriage patterns were normal in the two countries. Now in India 500 year-old laws are being revised to allow men to marry out of caste, village and state—while in China 50m “guanggun” (“bare branches”) look doomed to bachelordom. What has led to this marriage squeeze?Sign up here with your email






ConversionConversion EmoticonEmoticon