किम कार्दाशिन देखि लिएर निक्की मिनाज सम्मका सेलिब्रेटीहरु आफ्नो निकै पुष्ट तथा ठूलो आकारको नितम्बकै कारण चर्चित छन्, सेक्सी बनेका छन् । तर ठूलो नितम्ब हुनु सबैका लागि फलिफाप नहुँदो रहेछ । एक अफ्रिकी महिलालाई आफ्नो ठूलो नितम्ब घाँडो बनेको छ ।
धेरै सेलिब्रेटीहरुले आफ्नो पुट्ट उठेको नितम्बलाई कमाइखाने भाँडो बनाएका भएपनि दक्षिण अफ्रिकाकी लेराटो पिस्टो नामकी महिलाका लागि आफ्नो त्यस्तै नितम्ब दैनिक अपमान तथा दुव्र्यवहारको कारण बनिरहेको छ ।
अहिले ५० वर्ष उमेर पुगेकी पिस्टोले जिन्दगीमा निकै धेरै नमीठो अनुभव भोगिरहेकी छिन् । उनी अहिलेपनि जहाँ जान्छिन् हाँसको पात्र बन्छिन् किनकी उनको नितम्ब देख्दा मानिसहरु हाँस्छन् ।
अझ अर्को गम्भीर कुरा उनी आफ्नो ठूलो नितम्बकै कारण यौन शोषणमा पनि परिन् । उनको गहिरो प्रेम सम्बन्ध पनि कायम हुन सकेन र बिहे पनि भएको छैन । जति केटाहरु सम्बन्ध गाँस्न भनेर आए, केवल ओछ्यान तताएर गए, मज्जा लुटे तर प्रेम गरेनन् ।
Sign up here with your email
ConversionConversion EmoticonEmoticon