चना हाम्रो शरीरको लागि निकै फाइदाजनक रहेको छ। चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रसस्त मात्रामा पाइन्छन्। चनामा पनि गाढा खैराे वा कालो चना खानाले शरीरलाई धेरै नै फाइदा पुर्याउँछ। यसमा क्लोरोफिल, भिटामीन ए, बी, सी, डी र के पाइनुका साथै फस्फोरस, पोटासियम, म्याग्नेसियम र खनिज पनि पाइन्छ।
चना खाँदा हुने फाइदाहरु यसप्रकार रहेका छन्।
कब्जियतबाट आरामः
चनामा पाइने फाइबर पाचनमा लागि जरुरी हुन्छ। रातभरी भिजाएको चनामा नुन, अदुवा र जीरा मिसाएर खानाले कब्जियतको समस्याबाट छुट्कारा पाउन सकिन्छ।
पत्थरीको समस्यालाई टाढा राख्छः
भिजाएर राखेको चनामा मह मिसाएर खानाले पत्थरीको खतरा कम हुन्छ र यदि पत्थरी छ भने पनि सजिलै निस्किन मद्दत गर्छ।
तागत बढाउँछः
भिजाएको चनामा नुन, अदुवा, मरीच मिसाएर बिहान खानाले फाइदा पुग्छ। गर्मीमा चनाको सातुमा कागती र नुन मिसाएर पिउनाले तागत बढ्छ र यसले भोकलाई पनि शान्त पार्छ।
मधुमेहमा आराम दिन्छः
चना तागतिलो हुनुका साथै शरीरमा भएको अतिरिक्त ग्लूकोजको मात्रालाई पनि कम गर्छ। बिहान खाली पेट चनाको सातु खानाले पनि मधुमेहको खतराबाट बच्न सकिन्छ।
रक्तअल्पताको समस्या टाढा राख्छः
शरीरमा आइरनको कमीका कारण हुने रक्तअल्पताको समस्यालाई चना खाएर टाढा राख्न सकिन्छ। चनामा मह मिसाएर खानाले अझैं प्रभावकारी हुन्छ।
पुरुषको लागि फइदाजनकः
चिनियाँ माटोको भाँडामा भिजाएको चना खानाले पुरुषहरुलाई निकै फाइदा पुर्याउँछ। चनालाई दूधसँग पनि खान मिल्छ। भिजाएको चनामा मह मिसाएर खानाले पुरुषत्व पनि बढ्ने बताइएको छ।
छालालाई सुन्दर बनाउँछः
चना छालाको लागि पनि निकै लाभदायक रहेको छ। चनाको बेसनलाई बेसारसँग मिसाएर मुहारमा लगाउनाले फाइदा हुन्छ। यसले सुन्दरता बढाउनुका साथै दाग, दाद जस्ता समस्याहरुबाट पनि राहत दिन्छ।
पिसाब सम्बन्धी समस्यामा सहयोगीः
भुटेको चना खानाले बारम्बार पिसाब जानुपर्ने समस्याबाट आराम पाइन्छ। दैनिक भुटेको चना खानाले पायल्समा पनि राहत मिल्छ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon