बर्षअघी श्रीमतीसँग पारपाचुके भएपछि छोरी सिम्रिकासँग काठमाडौंमा बस्दै आएका कुमारलाई छोरीकै कारण भागदौडको आरोपित जिन्दगी भन्दा केहि असल काम गर्न लागिपरेका उनका साथीहरु बताउँछन्। पत्रपत्रिकामा आउने समाचारमा आफ्नो बारेमा आएका समाचारमा अनेक विशेषण जोडिएर आउन थालेपछि आफू छोरीको लागि पनि असल बाटोमा लाग्न चाहेको उनले भुकम्पपछि वितरण र उद्रारका बेलामा प्रभावित क्षेत्रमा भेटिएका कुमारले हामीसँग बताएका थिए।
छोरीले गुण्डा नाइके भनेको केहो बाबा भनेर सोधेपछि आफू त्यो छवी मेटनै भएपनि रातोदिन असल काममा लागिपरेको बताउँदै बएका थिए। कतिपय ठाउँमा उनले सार्वजनिक कार्यक्रम समेत गरेर त्यसलाई उजागर गर्ने प्रयास गरेका थिए। तर जे गरेपनि समाजले हेर्ने दृष्टिकोण फेरिन भने गाह्रो भएको उनको अनुभव थियो।
छोरीका लागि सबैथोक गर्न तयार र जस्तोसुकै परिवर्तन हुन तयार रहेको साथीहरुसँग बताउने कुमारले नया भुकम्पपछि पाएको नयाँ जीवन नयाँ सोच नयाँ जोश सहित राष्ट्रको लागि भएको बताउँदै फेसकुब पेजमा लेख्दै आएका थिए। तर नियतीलाई यो कुरा मञ्जुर थिएन। छोरीले बाबुलाई सोधेको गुण्डा नाइकेको जवाफ व्यवहारमा सुध्रिएर दिन नपाउँदै कुमारको कपुरधारा बालकुमारी मार्ग ९८/२०को घरमा समेत ताला लागेको छ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon