गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' प्रहरी भिडन्तमा मारिएका छन्। सामाखुसी क्षेत्रलाई आधार बनाएर संगठित अपराधमा संलग्न घैंटे र प्रहरीबीच बिहीबार बिहान कपुराधारास्थित ब्रिटिस चिहान नजिक गोली हानाहान भएको थियो। उनलाई महराजगन्जस्थित शिक्षण अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनीसहित अन्य दुई जना सहयोगी पनि गोली लागेर घाइते भएका छन्।
प्रहरीलाई देखेर गोली हानेपछि प्रहरीले पनि प्रतिकार गरेको थियो,' महानगरीय अपराध मशाखाका एसएसपी सर्वेन्द्र खनालले भने, 'उनको छाति ८ वटा गोली लागेको छ।'
कुख्यात डन दिनेश अधिकारी 'चरी' मारिएपछि घैंटे मलेसियामा बस्दै आएका थिए।
बिहिबार बिहान प्रहरीको गोली लागेर मृत्यु भएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे‘ मारिएको विरोधमा टिचिङ अस्पतालमा महाराजगञ्जमा अहिले नाराबाजी भइरहेको छ। प्रहरीले गोली हानाहानमा घाइते भएका घैँटेलाई उपचारार्थ अस्पताल ल्याएको थियो।
‘गृहमन्त्रीको सिधा आदेशमा प्रहरीले गएर मारेको हो। दोहोरो भीडन्तमा होइन,’ अस्पताल परिसरमा भेटिएका सभासद तथा कांग्रेस नेता जगदीश नरसिंह केसीले भने।
उनीसहित घैंटेका समर्थकले प्रहरीले मारिएका घैटेका पक्षमा नाराबाजी गरिरहेका छन्। उनीहरुले ‘मान्छे मार्न पाईंदैन‘ भन्ने नारा लगाएका छन्।
नेता केसीले ‘घैंटेले अपराध गरेको भए कानुन अनुसार कारबाही गर्नुपर्ने तर मानिसको घरमै गएर प्रहरीले गोली हान्न नपाउने’ बताए।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon