यी हुन् नबिल बैँकमा साढे १० करोड रुपैयाँ अलपत्र छाड्ने

काठमाडौँ : नबिल बैँकले आफू कहाँ झण्डै साढे १० करोड रुपैयाँ अलपत्र रहेको जानकारी दिएको छ। विगत १० वर्षदेखि चल्तीमा नभएका  (डोर्मेन्ट) र दावी नपरेको कूल रकम १० करोड ४६ लाख ५१ हजार १४३ रुपैयाँ ५० पैसा रहेको नबिलले आज सूचना प्रकाशित गर्दै जानकारी दिएको छ।  



नेपाल राष्ट्र बैँकको एकीकृत निर्देशन बमोजिम बैँकहरुले यसबारे सार्वजनिक जानकारी दिनुपर्ने हुन्छ। यसै अनुसार नबिलले आज जानकारी सार्वजनिक गरेको हो।  दावी नपरेको र एक दशकदेखि चल्तीमा नभएका खाताका खातावालको नाम र विवरण पनि बैँकले आफ्नो वेबसाइटमा राखेको छ।  त्यस्ता खाताहरुमा तत्कालीन शाही नेपाल वायुसेवा निगमदेखि स्वास्थ्य मन्त्रालयको टिसिडिसी प्रोग्राम, राष्ट्रिय जनसंख्या आयोग, मर्कन्टायल ट्रेडर्ससम्मको नाम छ।  त्यस्तै आर्थिक वर्ष २०४४/४५ देखि २०६५/६६ सम्म १० वर्ष लाभांश चेक बुझ्न बाँकी रहेको पनि जनाएको छ। बैँकले यसवापतको १ करोड ५० लाख रुपैयाँ पनि बुझ्न बाँकी रहेको उल्लेख छ।  बैँकमा रहेको रकम बुझ्न खातावाललाई सम्बन्धित शाखामा सम्पर्क राख्न भनिएको छ।  
Previous
Next Post »