पेट्रोलखानी उत्खननलाई जारी राख्न बाहुनीवासीको माग

Petrol Resources found in Nepal.
सत्ताइस वर्षअघि मोरङको बाहुनी गाविसमा पेट्रोलखानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन स्थानीयवासीले माग गरेका छन्। 
 
मोरङको बाहुनीमा अवस्थित पेट्रोलखानी सञ्चालनमा ल्याउन सरकारसँग स्थानीय बासिन्दाले माग गरेका हुन्। विसं २०४५ मा प्रमाणित भएको पेट्रोलखानी अलपत्र छाडिनुमा सरकार दोषी रहेको आरोप स्थानीयवासीको छ। 
 
सत्ताइस वर्ष बित्दासमेत पेट्रोल निकाल्ने त कुरै छाडौँ ड्रिल गरेर खनिएको क्षेत्रलाई अलपत्र छाडिएको स्थानीयवासी सन्तोषी चौधरीले जानकारी दिए। 
 
पञ्चायतकालमै २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ छ भन्ने तथ्य पत्ता लागेको स्थानीयवासीले जानकारी दिएका छन् । दुई बिगाहा १७ कट्ठा जमिनमा अवस्थित क्षेत्रफलका आधार इलाकामा पेट्रोलको कच्चापदार्थ रहेको पुष्टि भएपछि त्यहाँको जग्गा स्थानीयवासीबाट अधिग्रहण गरिएको थियो। 
 
स्थानीयवासीका अनुसार २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ फेला परेपछि सर्वे थालिएको थियो। पेट्रोल अन्वेषण परियोजना नै सक्रिय भएर नेपाल, इटाली, नेदरल्यान्ड्स र स्वीट्जरल्यान्डका प्रतिनिधिको सहभागितामा खानी उत्खनन सुरु गरिएको थियो। पेट्रोल खानी उत्खनन किन बन्द गरियो आधिकारिक रुपमा कसैलाई जानकारी नभएको बताइन्छ।

The country’s petroleum exploration plans have suffered a setback, with two of the world’s leading oil companies, Texana Resources Company and Cairn Energy, announcing that they would stop survey work, citing “force majeure.”
Force majeure, a popular terminology in the oil industry parlance, frees a party from fulfilling an obligation in the event of circumstances going beyond its control.
The two companies say they were abandoning exploration work in Nepal due to bureaucratic hurdles and lack of cooperation from the government.
The Houston-based Texana flashed its plans on June 1 while Cairn, a Scottish oil and gas company, did so on June 8.  
Previous
Next Post »