भाद्र ४, २०७२-
मेष
ढिलै भए पनि विदेश यात्राको सपना पूरा हुनेछ । अध्ययनको क्षेत्रमा ठूला अवसर पहिल्याउन सकिनेछ । कुरा काट्नेहरूले प्रशंसा गर्दै महत्त्वपूर्ण जिम्मेवारी सुम्पनेछन् । सानो लगानीबाटै पनि राम्रो मुनाफा मिल्नेछ । रातो रंगको प्रभावका कारण प्रायः कार्यमा आकर्षक सावित भइनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।
वृष
रोकिएको अध्ययनले निरन्तरता पाउनेछ । वैचारिक मतभेदका बीच अभिभावकबाट सहयोग पाइनेछ । बिनायोजना साथीसँग नयाँ स्थानको भ्रमण हुनसक्छ । विदेशमा अध्ययनका क्रममा राम्रो रोजगारीसमेत मिल्नेछ । धन अभावको स्थिति भने यथावत् छ । सवारी साधन खरिद हुनसक्छ ।
मिथुन
प्रेमिकासँग भावना आदानप्रदान हुनेछ । सबैले तपाईंको क्षमताको प्रशंसा गर्नेछन् भने स्वतःस्फूर्त रूपमा विभिन्न अवसर प्राप्त हुन सक्छ । विदेश यात्राको कार्य दु्रतगतिमा सम्पन्न गर्नुहोला । भविष्यको चिन्तालाई संयमद्वारा परास्त गर्न सकिनेछ । स्वास्थ्यसम्बन्धी गडबडीले सताउन सक्छ ।
कर्कट
जटिल परिस्थितिका बीच प्रारम्भ गरिएको कार्यले उचित स्थान पाउनेछ । आफूलाई मन पराउने प्रेमी-प्रेमिका दोधारमा छन् । कम बोल्दा राम्रो परिणाम हात लाग्नेछ । शिक्षामा लगानी गर्दा विशेष मेहनत गर्नुहोला । प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मासात् गर्न सके नयाँ उचाइमा पुगिनेछ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।
सिंह
अभिभावकको सर्मथन नभए पनि सामाजिक कार्यको नेतृत्वले उचाइमा पुर्याउनेछ । आकस्मिक यात्राबाट फाइदा पुग्न सक्छ । प्रेमिकाले द्वैध मानसिकताका साथ मन पराइरहेकी छिन् । कम बोल्नु उपयुक्त हुन्छ । रोजगारीमा सफलता प्राप्त हुनसक्छ । सवारी साधन चलाउँदा विवेक पुर्याउनु आवश्यक छ । स्वास्थ्यको ख्याल राख्नुहोला ।
कन्या
साता मध्यम छ । विपरीत लिंगीहरूले वेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । नियमित शारीरीक व्यायाम तथा योग गर्नाले एवं नीलो रंगको प्रयोगबाट शारिरीक तथा मानसिक ऊर्जा प्राप्त हुनेछ । मन मिल्ने मित्रहरूको सुझाव परिणाममुखी होला । उच्च ओहदाका व्यक्तिहरूले निगरानी राख्नेछन् ।

तुला
पूर्वयोजनाबिना आकष्मिक यात्रा गर्दा नसोचेको खर्च आइलाग्न सक्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यबाट प्रतिष्ठा, पदोन्नति तथा इनाम हात पर्नेछ । प्रेमिकाले नसोचेका उपहार दिँदै थप प्रस्ताव राख्न सक्छिन् । समयमै निर्णय गर्न सके काममा सफलता मिल्नेछ । इच्छा नहुँदा-नहँुदै पनि भोज एवं मनोरञ्जनमा सहभागी भइनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिक
कामको जस पाइनेछ । नयाँ क्षेत्रबाट रोजगारीको प्रस्ताव आउनेछ । मित्रहरूले जिम्मेवारी सुम्पनेछन् । प्रतिष्ठित व्यक्तिसँगको भेटले नयाँ अनुभव प्रदान गर्नेछ । रातो रंगको प्रयोगले फाइदा पुग्न सक्छ । यात्रामा सावधानी अपनाउनु बेस हुन्छ । चिसोले स्वास्थ्यमा प्रभाव पार्न सक्छ, सचेत रहनुहोला ।

धनु
व्यक्तिगत खर्चमा भ्रमण हुनसक्छ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ । परिश्रमले परिणममुखी आनन्द प्रदान गर्नेछ । विदेशमा अध्ययन गर्न बजेटभन्दा बढी खर्च गर्दै कदम चालिनेछ । मन मिल्ने साथीहरूको आलोचना स्वीकार गर्न सके उचाइमा पुगिनेछ । तपाईंको प्रतिभाले उचित स्थान पाउनेछ । स्वास्थ्यप्रति ध्यान दिनुहोला ।

मकर
आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सलबलाउन सक्छन् । प्रेममा सावधानीपूर्वक अघि बढ्नु बेस हुन्छ । साथीहरूले वचन फेर्दा आफूलाई चोट पुग्न सक्छ । लगानीमा आर्थिक हानिको सामना गर्नुपर्ला । यात्राका क्रममा असावधानीले दुर्घटना निम्त्याउन सक्छ । सम्पन्न हुन लागेको काममा पारिवारिक खिचातानीले अवरोध उत्पन्न गर्न सक्छ ।

कुम्भ
साता उत्साहप्रद रूपमा विभिन्न खालको मनोरञ्जबीच बित्नेछ । प्रेमिकाले धातु उपहार प्रदान गर्न सक्छिन् । नीलो रंगको प्रयोगले नचिताएको परिणाम प्राप्त हुनेछ । सभा-सम्मेलनमा सहभागी हुँदा उच्चपदस्थ व्यक्तिहरूसँग परिचित हुँदै महत्वपूर्ण जिम्मेवारी पाइनेछ । टाढा रहेका मित्रहरूबाट आर्थिक सहयोग मिल्नेछ ।

मीन
बाहिरी कुरामा विश्वास गरी पे्रमिकाले चित्त दुखाउँदा निराश हुनुपर्नेछ । सोमबारपछि दुवैले एक-अर्कालाई बुझ्न सकिनेछ । आकस्मिक भेटघाटले मनोरञ्जक वातावरण सिर्जना गर्नेछ । उच्च ओहदाका व्यक्तिको निगरानी बढ्ने हुँदा सतर्कता अपनाउनुपर्नेछ । विवेक पुर्याएर कार्य गरे उचित स्थान पाइनेछ ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon