प्रदुषित पानीको समस्यालाई ध्यानमा राख्दै आजभोलि मानिसहरुले आफ्नो घरमा वाटर प्यूरीफायरहरु लगाएका हुन्छन्। वाटर प्यूरीफायरले पानीमा भएका दूषित किटाणु मार्न मद्दत गर्छ। तर पुरानो जमानामा यस्तो सुविधा थिएन। यसको समाधानका लागि मानिसहरु तामाको भाँडामा पानी जम्मा गर्थे।
तामाको भाँडामा पानी राख्नाले विभिन्न प्रकारका फङ्गल, एलगी र पानीमा पाइने अन्य ब्याक्टेरियालाई सजिलै मार्छ। तामाले हाम्रो शरीरलाई धेरै किसिमले फाईदा गर्छ।
–तामाले पानीमा हुने सम्पूर्ण प्रकारको ब्याक्टेरियाहरुलाई मार्छ जसले पखाला, आउँ र जन्डिस जस्ता रोगको खतराबाट बचाउँछ।
–तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी, ग्यास र कब्जियत जस्ता समस्यालाई टाढा राख्छ।
–पाचन सही राख्नुका साथै तामाले फ्याट्टि कोषहरुलाई बढ्नबाट पनि रोक्छ। यसले मोटोपन नियन्त्रण गर्छ।
–तामामा पाइने खनिजले मुटुसँग जोडिएका समस्यालाई टाढा राख्छ। रक्तचाप नियन्त्रण गर्नुका साथै नराम्रो कोलस्ट्रोललाई पनि कम गर्छ। यसका साथै उक्त खनिजले थायोराइडको समस्यामा राहत दिन्छ। त्यस्तै यसले मुटु, दिमाग, कलेजो र मृगौलाको कार्य सही राख्न पनि मद्दत गर्छ।
–छालासँगै आँखा र कपालको रङ्ग बढाउने मेलालिन बनाउन तामाले मद्दत गर्छ। मेलालिनले छालालाई अल्ट्रोभायालेट किरणहरुबाट बचाउँछ र मुहारका दाग धब्बालाई पनि टाढा राख्छ।
–रक्त अल्पताको समस्याबाट बच्न पनि तामा राखेको पानी पिउने गरिन्छ।
–तामा निकै राम्रो एन्टिअक्सिडेन्ट हुन्छ जसले समय अगावै हुने चाउरीपनाको समस्या टाढा राख्छ।
–तामामा एन्टि इन्फ्ल्यामेटरी गुण हुन्छ जसले शरीर दुख्ने समस्या कम गर्नुका साथै आर्थराइटिसको समस्या पनि कम गर्छ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon