भदाै, काठमाडाैं । प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ ।
जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन रहेको नयाँ पत्रिकामा खबर छ ।
अरू गुन्डाहरूको गतिविधि पनि निगरानी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
गुन्डागर्दीमार्फत समाजमा आतंक फैलाउने काम भइरहेकाले त्यसविरुद्ध विशेष अभियान चलाइएको उनले बताए ।
यसैबीच खनालले देशमा चलिरहेको गुन्डागर्दी शून्यमा झार्न प्रहरीले अभियान नै चलाएको बताएका छन् । उनले भने-‘अब गुन्डाराज चल्नेवाला छैन, हाम्रो लक्ष्य फ्री अफ फियर सोसाइटी बनाउने हो, गुन्डाहरूबाट कोही पनि डराउनुपर्दैन, कसैले दुःख दिएका छन् भने गोप्य रूपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छाैं ।’
Sign up here with your email


ConversionConversion EmoticonEmoticon