घैटे विभिन्न राजनीतिक आवरणमा संगठित अपराधमा संलग्न आएको प्रहरीका एक अधिकारीले बताए । यस अघि महानगरिय प्रहरी अपराध महाशाखाको विषेश टोलीले इन्काउण्टरमा अर्का गुण्डा नाइके चरि भनिने दिनेश अधिकारी मारिएका थिए ।
अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। प्रहरीले खोजी गरिरहेको घैंटेलाई कपुरधारामा भेटेपछि प्रहरी देख्नासाथ घैंटेलो गोली चलाएका थिए। लगत्तै प्रहरीले गोली प्रहार गर्दा उनीसहित तीन जना घाइते भएका छन्।
को हुन् घैंटे
नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाइरहेका छन्।
नेपाली काँग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका गणेश लामा, चक्रे मिलनसँग दुश्मनी रहेका घैटे २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भएको थियो।
प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए।
२०६३ असार १८ गतेनै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए। उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए।
२०६३ भदौं १६ मा गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।
मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएको ज्यान मार्ने उद्योग चले पछि फरार रहेका उनलाई प्रहरीले तिग्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियार सहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुन रिहा भए।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon