१५ दिनअघि प्रहरी फन्दाबाट भागेका थिए कुमार घैंटे




कुमार घैंटेविरुद्ध हप्ता असुलीदेखि लाखौं रकम असुलेको उजुरी परेपछि उनलाई प्रहरीले निगरानी गरेको थियो। १५ दिनअघि कुमार घैँटे काठमाडौंको कपुरधारास्थित एक रेष्टुरेष्टमा बसिरहेका बेला प्रहरीले पक्राउ गर्न खोजेको थियो।
 
तर प्रहरी आइपुग्न एक मिनेटअघि नै कुमार त्यहाँबाट भाग्न सफल भएका थिए। त्यसपछि प्रहरी टोली रित्तो हात घर फर्किएको थियो। कुमार घैँटेलाई समाउन प्रहरी पटक पटक ताकेता गर्दा कहिले उनी सरकारका मन्त्री त केन्द्रीयस्तरका नेताका गाडी हुइकिने गरेको प्रहरी स्रोतले जानकारी दियो।
बिहीबार बिहान सवा ११ बजे भने उनी प्रहरी इन्काउन्टरमा मारिए। आफू प्रहरीको खोजी सूचीमा रहेको कुमार घैँटेलाई पहिल्यै थाहा भएको प्रहरीले जनाएको छ।
Previous
Next Post »