अरू डनहरू पनि निगरानीमा -अव पालो रमेश बाहुन्, दिपक मनाङे र चक्रे मिलन को



प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ । जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन छ ।
अरू गुन्डाहरूको गतिविधि पनि निगरानी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । गुन्डागर्दीमार्फत समाजमा आतंक फैलाउने काम भइरहेकाले त्यसविरुद्ध विशेष अभियान चलाइएको उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पछिल्लो समय नेपालका विभिन्न भागमा गुण्डा गर्दी गर्दै समाजमा बितण्डा मच्चाउने ,नेपाली ब्यापारीहरुलाई हप्ता असुली गरेर हैरान पार्ने अकुत बटुल्ने र राजनीतिक आवरणमा आफुलाई समाजको हिरो ठान्ने केही गुण्डाहरु नेपाल पुलिसको मोस्टवान्टेड सुचीमा परी कारबाहीको भागेदारी समेत हुने गरेका छन् ,यस्तै गुण्डा नाइके मध्यका धधिंगका दिनेश अधिकारि चरी भनिनेलाइ केही महिना पहिला नेपाल पुलिसले इन्काउँन्टर गरी मारेको थियो ,चरि एमाले नेता केपी वलीका निकै विश्वास पात्र पनि थिय त्यसले होला एमालेले गुण्डा नाइके चरी मर्दा कम्युनिस्ट पार्टीको झण्डा ओढायर श्रद्धान्जली व्यक्त गरेको थियो चरि मारिय पछी के पी ओली निकै विछिप्त बनेका थिय !यसैगरी आजै मात्र नेपाल पुलिसले कुमार श्रेष्ठ उर्फ ‘घैंटे’भनीने डनलाइ इन्काउन्टर दियको छ !उनि नुवाकोटका नेता अर्जुन नर्सिङ्ग केसी र उनका ज्याई गगन थापाका निकै बिस्वासिला पात्र मानिन्छन !‘घैंटे ढल्ने बित्तिकै उनको निबास पुगेका केदार नर्शिंग केसीले भने यो गृय मन्त्रि बामदेब बामदेबको ठाडो आदेश हो यसरी मान्छे मार्न पाइन्न ! घैंटे पछिल्लो समय कांग्रेस निकट रहेर निर्माण ब्यबसाय संचालन गर्दै आयका थिय यध्यपी उनको हिडन काम भित्रि रुपमा गुण्डा गर्दी नै थियो !आज उनि पुलिसको इन्काउँटरमा मारियका छन् !

यसैबीच समाजमा गुण्डा गर्दी गर्ने अन्य व्यक्तिहरु पनि नेपाल पुलिसको मोस्टवान्टेड सुचिमा भयको बुझिन आयको छ !
नेपाल पुलिस भन्छ हामी सबैको निरन्तर खोजीमा छौ समय आयपछी सबैलाई कारबाही हुन्छ !यसैबीच अर्का एमाले नेता संग हिमचिम भयका गुण्डा हुन् चक्रे मिलन उनि एमाले नेता इशोर पोख्रेल र प्रदिप नेपालको विश्वास पात्र हुन् ,यसैगरी अर्को गुण्डा गढेश लामा फोरम लोकतान्त्रिक नेता बिजय गच्छादारका विश्वास पात्र पनि हुन् उनि पनि पुलिसको खोजिमै छन् !यस्तै राजधानी बसेर गुण्डा गर्दी गर्नेहरुमा दिपक मनाग्गे,राजु गोर्खाली ,बाघे ,तेण्डी शेर्पा लगायत दर्जन भन्दा बढीका गुण्डाहरु राजनीतिक आवरणमा जनता र ब्यापारी सताउने गुण्डाहरुमा पर्दछन !
यसैगरी सुजन पौडेल उर्फ बाहुन डन एमालेको रामेछाप जिल्ला समितिका सदस्य हुन् । ठीक एक वर्षअघि एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका पौडेल ओलीकै दबावमा रामेछाप जिल्ला समितिको सदस्य बनेका थिए । नेपाली सेनाको रेन्जर तहसम्मको तालिम गरेका उनी विभिन्न घटना घटाउँदै प्रहरीलाई छक्याउँदै हिँड्ने गर्थे । बाहुन हातहतियार तथा खरखजाना अभियोगमा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए । गत असारमा लागूऔषधसहित भारतको लखनउबाट महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले उनलाई पक्राउ गरेको थियो ।
एमाले युवासंघका केन्द्रीय सदस्य परशुराम बस्नेत पूर्वाञ्चल क्षेत्रका चर्चित गुन्डा नाइके हुन् । विशेष अदालतको फैसालामा दुई करोड रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए । विराटनगर क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका बस्नेतको नाममा स्रोत नखुलेको ११ करोड ६१ लाख ४१ हजार बराबरको सम्पत्ति देखिएको थियो । अवैध सम्पत्ति राख्नेमा उनकी पत्नी अञ्जु बस्नेतको संलग्नता देखिएपछि पक्राउ परेकी बस्नेतपत्नीलाई साधारण तारेखमा छाडिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको छत्रछायाँमा आपराधीक गतिविधिमा समलग्न उनलाई महेश बस्नेतले राजनीतिक बढुवा गर्दै आएका छन् । केहि वर्ष अघि पत्रकार माथि आक्रमण गरेपछि बस्नेत चर्चामा आएका थिए !
यसैगरी पछिल्लो समय नेपाल पुलिस अलि चनाखो भयको बुझियको छ ,भलै कतिपय घटनामा भने पुलिस पनि त्यति जिम्बेबार नबन्ने गरेको बिगतको उदाहरण पनि छन् !कतिपय पुलिस भित्रकै मान्छे पनि गुण्डा बनेर तस्करी गर्ने र ब्यबसायी सताउने गरेको पनि बुझिन आयको चै छ !तर पुलिस संगठन भित्र केही राम्रा र इमान्दार मान्छेहरु पनि भयका कारण संगठनको छबि जोगीइ रहेको छ !पुलिस कै अधिकारि भन्छन हाम्रो संगठनमा पनि केही बदमास हाकिमहरु छन् जो जनताको काम भन्दा पनि आफ्नो काम बढी गर्दछन नेताको चा चु चा बढी गर्छन तर त्यस्तालाई हाम्रो संगठन भित्रका राम्रा र इमान्दार अधिकृतहरुको छविले अबका दिनमा चिन्दै ठिक पनि पर्दै ल्यायका छन् ,उनले भने हामीकोमा उचित तालिमको पनि कमी छ!साचो रुपमा भन्नु पर्दा यदी देशको बर्दिवाल पुलिस मात्र इमान्दार भई दिने हो र दुधको दुध पानीको पानी केलाई जनता र राष्ट्रको सेवामा खट्ने हो भने देशमा शुरक्छ्याको स्थिति र तस्करी संगै कालो बजारीको स्थिति निकै कमी आउछ जसको कारणले पनि जनताले शान्तिको स्वास फेर्न सहजै पाउने थिय !


Previous
Next Post »