काठमाडौं, ३२ साउन – मधेसी मोर्चाले सोमबार अनिश्चितकालीन तराई,मधेस,थरुहट बन्दको घोषणा गरेको छ । वैद्य माओवादीसँग मिलेर दुई दिने नेपाल बन्द घोषणा गरेको मोर्चाले पहिलो बन्द नसकिदै अर्को बन्दको घोषणा गरेको हो ।
मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको हो ।
वक्तव्यमा भनिएको छ, ‘समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश,तराई,थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालका लागि निरन्तर जारी नै रहिरहनेछ ।’
Sign up here with your email



ConversionConversion EmoticonEmoticon