नेपालमा पछिल्लो समयमा साना कार चढ्नेहरुको संख्या बढ्दो रहेको छ। केहीवर्ष अघिसम्म नेपाली समाजमा साना गाडी धनीवर्गले चढ्ने र विलासिताको साधनको रूपमा लिइन्थ्यो। हिजो आज गाडी एउटा दैनिक आवश्यकताको साधन बनेपछि र मध्यमवर्गलाई पनि लक्षित गरी साना गाडी उत्पादन हुन थालेपछि अहिले नेपालका अधिकांश सहर बजारमा यसको माग उकालो लाग्न थालेको छ।
नेपालमा साना र तुलनात्मक रुपमा सस्ता कारहरुको माग हुने गरेको छ। नेपालमा मध्यमवर्गीय ग्राहकलाई लक्षित गरेर हुण्डाइ, टाटा, मारुति सुजुकि, फियाट, फोर्ड, डाटसन, होण्डा आदि कम्पनीका कारहरु भित्रिने गर्छन्।
यी कम्पनीहरुका सस्तादेखि महंगासम्मका साना कारहरु नेपाली बजारमा उपलब्ध छन्। आजभोेलि विक्रेताले नै फाइनान्सको सुविधा प्रदान गरिदिनुका साथै ग्राहकलाई आफ्नो रोजाइ अनुसारको कार किन्न उत्पे्ररित र सहज वातावरण बनाइदिने हुनाले कार खरिदकर्ताको संख्या अहिले बढ्दो रहेको छ।
कार किन्ने सोच भएका तर कुन कार कति मूल्यमा पाइन्छ भन्ने जानकारी नहुँदा प्रत्येक सोरुमहरु धाउनुपर्ने वा फोनबाट सोध्नुपर्ने अवस्था हुन्छ। त्यसैले नेपालमा केही लोकप्रिय कम्पनीका साना कारका ब्राण्ड र ३ं० लाख रुपैयाँ भन्दा कम मूल्यमा पाइने कारहरुका ब्राण्ड र अधिकतम मूल्यको सूची यसप्रकार रहेको छ।
१. हुण्डाइः
हुण्डाइका साना कारहरु अन्तरगत इयन ब्राण्डका डिलाइट, डिलाइट प्लस, एरा प्लसको अधिकतम मूल्य १६ लाख ५६ हजारदेखि २० लाख ७६ हजार रुपैयाँ रहेको छ।
इयन डिलाइट र डिलाइट प्लसलाई भने हुण्डाइ नेपालले ट्याक्सिको रुपमा भित्र्याउने भएको छ।
त्यस्तै आइ १०म्याग्ना १.१ लि. को मूल्य २२ लाख ७६ हजार रुपैयाँ छ भने ग्रयाण्ड आइ १० र एक्सेन्ट को मूल्य २५ लाख ७६ हजारदेखि २९ लाख ७६ हजार रुपैयाँसम्म रहेको छ।
आइजेन आइ २० र इलाइट आइ २० मूल्य २६ लाख ५६ हजारदेखि २९ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ।
२. होण्डाः
त्यस्तै साना कारहरुमा आफ्नो नाम जमाउन सफल भएको होण्डा पनि नेपालमा लोकप्रिय रहेको छ। यसका सस्ता कारहरुमा अमेज र ब्रियो ब्राण्ड रहेको छ जसको मूल्य २४ लाख ८५ हजारदेखि २८ लाख ६० हजार रुपैयाँसम्म रहेको छ।
३.फोर्डः
फोर्ड नेपालले पनि फिगो र क्लासिक ब्राण्डका कारहरु १९ लाख ५० हजारदेखि २९ लाख ९० हजार रुपैयाँसम्म उपलब्ध गराएको छ।
४. फियाटः
छोटो समयमा नै नेपालमा बजार विस्तार गर्न सफल फियाटको फियाट पुन्टो इभो, लिनिया क्लासिक बेस र नयाँ आएको एभेन्चुरा एक्टिभ २५ लाख ९५ हजारदेखि २९ लाख ९५ हजार रुपैयाँसम्ममा उपलब्ध रहेका छन्।
नेपालमा आफ्नो राम्रो छवि बनाउन सफल टाटाका साना कारहरु सहुलियत मूल्यमा उपलब्ध रहेका छन्। इन्डिका, इजेटा, इन्डिगा, मान्जा, स्याफायर, जेस्ट रेभोट्रोन र नयाँ आएको बोल्ट कारहरु १८ लाख ९५ हजारदेखि २९ लाख २५ हजार रुपैयाँसम्ममा उपलब्ध रहेका छन्।
६. कियाः
त्यस्तै कियाको ३० लाख रुपैयाँभन्दा कममा पाइने कार भनेको १.२ लिटर पेट्रोल इन्जिनको पिकान्टा हो जसको मूल्य २८ लाख ५० हजार रुपैयाँ रहेको छ।
७. मारुति सुजुकिः
नेपालमा धेरै समयदेखि ग्राहकको विश्वास जित्न सफल मारुति सुजुकिका सस्ता कारहरुमा
न्यू वागनआर भीएक्स आइ र स्वफ्ट भीएक्स आइ रहेका छन् जसको मूल्य क्रमशः २० लाख ९९ हजार रुपैयाँ र २७ लाख ६९ हजार रुपैयाँ रहेको छ।
८. भक्सवागनः
आरामदायी कार निर्माता भक्सवागनको पनि पोलो टीएल र पोलो सीएलको मूल्य क्रमशः २६ हजार ४५ लाख र २९ लाख ४५ हजार रुपैयाँ रहेको छ।
९. डाटसनः
पछिल्लो समयमा ग्राहकहरुले रुचाएका डाटसन गोको मूल्य १८ लाख ९९ हजारदेखि २२ लाख ९९ हजार रुपैयाँसम्म छ भने गो प्लस टीको २४ लाख ९९ हजारदेखि २५ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ।
नेपालमा प्रचलित अरु ब्राण्डहरु जस्तै टोयोटा, माज्डाका साना कारहरुको न्यूनतम मूल्य भने ३० लाख रुपैयाँ भन्दा माथि रहेको छ। मध्यमवर्गीय र गाडी फेरि फेरि चढ्न रुचाउनेहरुका लागि यी कारहरु राम्रो विकल्प हुन्छन्।
Sign up here with your email






ConversionConversion EmoticonEmoticon