वाग्मतीको पानी तपाईँ हामीले देखेकै हौँ कस्तो छ र कस्तो थियो भनेर। फोटोले तपाईँलाई अलि झुक्याउन सक्ला है। यो फिल्मको दृश्य हो। वीपी कोइरालाको तीन घुम्ती उपन्यासलाई आधार बनाएर बनेको फिल्ममा विक्रम संवत् २०३० साल अर्थात् ४२ वर्षअघिको सेरोफेरोको दृश्य पर्दामा उतार्ने क्रममा वाग्मती नदीको पानी एनिमेसन गरेर यस्तो बनाइदिएका हुन्। कस्तो नसुहाउँदो देखिने हगि! यस्तो त २०३० सालमा पनि थिएन होला भो। म नजन्मिएको बेलाको कुरा पर्यो। कोही त्यतिबेलाको हुनुहुन्छ भने भनौँ है- के यस्तै देखिन्थ्यो त वाग्मती त्यतिबेला?
पानीको रङ हेर्दा त वाग्मती होइन, समुद्रको पानी जस्तो पो देखिन्छ।
अझै हाँस उठ्दो चाहिँ यो धरहराको दृश्य एनिमेसनबाट बनाएको हेर्दा लाग्छ। कति लापरवाह पाराको! भर्खर फोटोसप सिकेकाले फोटो काटे जस्तो हेर्दै थाहा हुने गरी काटेको। अहिले त धरहरा पनि छैन। तर धरहरा भएकै बेला खिचेको दृश्यमा २०३० सालको वातावरण देखाउने नाममा साह्रै नसुहाउने पाराले ब्याकग्राउन्ड बनाइएको छ
एउटा भ्यागुते गाडी गुडाउँदैमा ३० सालको वातावरण बन्दैन नि।
पुरानो फिल्म बनाउन कम्ता गाह्रो छैन। कि सेट बनाउनु पर्यो। त्यो गर्न धेरै खर्च लाग्छ। कि सुहाउने गरी एनिमेसन गर्नुपर्यो। कि भने फरक नपर्ने खालका लोकेसन छान्नुपर्यो। एउटा यस्तै ३० साल र ७० साल फरक नपर्ने दृश्य यसरी छानेका रहेछन् फिल्ममा।
नेपाल प्रहरीको वर्दी २०४६ सालको आन्दोलनपछि परिवर्तन भएको हो। त्यसअघि यस्तो थियो पुलिसको वर्दी।
४० वर्षअघि यस्तो हुन्थ्यो महिलाको शृङ्गार?
गरिमा पन्तलाई पुरानो कथाका फिल्म जुर्ने रहेछ। कृष्ण धरावासीको झोला कथामा बनेको फिल्ममा पनि उनै हिरोइन थिइन्।
कहाँको हो लोकेसन कुन्नि, तर पुरानै झल्को आउने गरी खिचिएको रहेछ।
यी फोटो तीन घुम्ती फिल्मको प्रोमोबाट लिइएको हो। यो फिल्मको प्रोमो नेपालको फिल्म इतिहासकै सबैभन्दा लामो पनि भनिएको छ। पाँच मिनेटको प्रोमो।
माथि धरहराको दृश्य असुहाउँदो देख्दा र हलिउडमा क्रोमा गरेर पुराना ठाउँ वा आफूले चाहेको जस्तो ब्याकग्राउन्ड एनिमेसनबाट गरेको देख्दा खर्च कम हुने भए नेपाली फिल्मले पनि त्यस्तो गर्थ्यो नि जस्तो लाग्ने। त्यसो त नेपालबाटै हलिउडका कतिपय एनिमेसनहरु बनाउने गरिन्छ। तर नेपालकै फिल्ममा भने एनिमेसनको हालत। भो यो कुरा छाडेर हेरौँ हलिउडको क्रोमा
Sign up here with your email


ConversionConversion EmoticonEmoticon