सर्वेन्द्र खनाल भन्छन्- कुमार घैटे यसरी मारियो (भिडियोसहित)

गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी कारबाहीमा मारिएका छन्। बिहीबार बिहान साढे ११ बजे सामाखुसीको कपुरधारा, बालकुमारी मार्ग स्थित आफ्नै घर अगाडिको खुल्ला ठाउँमा उनी मारिएका हुन्। प्रहरीका अनुसार उनी प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका हुन्।
धेरै अगाडि देखि प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका घैटेलाई पछ्याउँदै आएको प्रहरीले खानतलासी गर्न खोज्दा घैंटेले फायर गरेपछि प्रतिकारमा उनीमाथि गोली चलाइएको प्रहरीले दाबी गरेको छ। गोली लागेका घैंटेलाई महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याउँदा मृत्यु भएको हो।
केही समयदेखि महानगरमा गुन्डाहरूमाथि निगरानी बाढाएर खानतलासीको कार्य भइरहेको अवस्थामा नै यो घटना भएको प्रहरीले बताएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार प्रहरीले नियमित चेकजाँचको क्रममा घैंटेको खानतलासी गर्न रोक्दा उनले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीको प्रतिकारमा उनीमाथि गोली प्रहार भएको हो।
घटनापछि उनले अब गुन्डाको राज नचल्ने भन्दै सबैले शान्तिपूर्व आ-आफ्नो व्यवसाय र हिडडुल गर्न पाउनुपर्ने बताएका छन्। ‘अब गुन्डाको राज चल्दैन, कसैको पकडमा गुन्डागर्दी गरेर नेक्सस गरेर चल्दैन’, उनले भने।
हेर्नुहोस् घैटेको मृत्युपछि खनाले के भने भिडियोमा।


Previous
Next Post »