नौ महिने छोरीसहित भग्नाबशेषमा पुरिएकी दाङ्गकी खीमा ओली, कीर्तिपुरकी सजना महर्जन तथा उनको परिवार¸ स्वयम्भूका निमा रुम्बा¸ एउटा हात गुमाएकी सिन्धुपाल्चोककी दिब्या श्रेष्ठ¸ उनकी आमा र सिन्धुपाल्चोककै एक शिक्षिकाको भूकम्प अनुभव बृत्तचित्रमा समावेश गरिएको छ । त्यस्तै एउटा खुट्टा गुमाएका अर्घाखाँची ढाकावाङ्गका ऋषी खनाल, ६ दिनसम्म भग्नावशेषमा पुरिएका नुवाकोटका पेम्बा तामाङ्गको बेदनालाई पनि भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।
आफ्नो श्रीमती र सन्तान भग्नाबशेषमा पुरिँदासमेत उनीहरुको मृत अनुहार हेर्दै उद्दारमा क्रियाशिल हुने सशस्त्र प्रहरीका रामकृष्ण थापा र सञ्जय ठाकुरको बेदनालार्इ वृत्तचित्रमा समावेश गरिएको सशस्त्र प्रहरी निरीक्षक दिपक कोइरालाले बताए ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon