'कुमार घैँटे देशको ठूलो मान्छे बन्न सक्थ्यो', उनले संसदमा भनिन्, 'प्रहरीले जानीजानी मार्यो। शहीद घोषणा गरिनुपर्छ।'
कांग्रेसकै भीमसेन दास प्रधानले घैँटे मारिएकोमा आपत्ति जनाए। 'संविधानको कुन धारामा मान्छे मार्ने अधिकारबारे लेखिएको छ?', आक्रोसित मुद्रामा संसदमा पेश भएका उनले भने, 'मृत्युदण्डको व्यवस्था गर्नुहुँदैन भनेर व्यवस्था भएको मुलुकमा दिन दाहडै गोली हानेर मार्ने काम भएको छ।'
प्रहरीले जानीजानी गोली हानेर मार्ने हो भने जेल, अदालत किन चाहियो भन्दै उनले घैँटे हत्याको छानवीन गर्न न्यायिक आयोग गठन गर्न माग गरे।
घैँटेले सामान्य नागरिक भएर गुजारा गर्न चाहेको उल्लेख गर्दै उनले भने, 'नाबालक छोरीको अगाडि बाबुको हत्या गरियो।'
घैँटे समूहबाट प्रहरीमाथि पहिला फायरिङ: गृहमन्त्री
संसदमा जवाफ दिँदै गृहमन्त्री बामदेव गाैतमले फरार अभियुक्त खोजीको सिलसिलामा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीलाई बिहीबार १२:२० बजे कपुरधारामा घैँटे समूहले पहिला फायर गरेको बताए। 'प्रहरीलाई देख्नासाथ त्यहाँ रहेका व्यक्तिले फायर गरे', उनले संसदमा भने, 'प्रहरीले प्रतिकार गर्दा कुमार श्रेष्ठको मृत्यु भयो। दुईजना घाईते भए।'
घटनामा दुई प्रहरी घाइते भएको गृहमन्त्रीले संसदलाई जानकारी दिए। घाइते प्रहरीहरु हेमन्त चन्द र रन्जित तामाङको वीर अस्पतालमा उपचार भइरहेको उनले बताए।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon