को को छन् कुमार घैँटेपछिका छोटा डनहरु, यस्तो त उनीहरुको योजना

काठमाडौँ, 6 भदौ ।
Don Kumar Ghainte, aka Kumar Shrestha, who was in the most wanted list, was shot dead in the cross firing with police today at at Kapurdhara, Samakhusi. Ghainte took his last breathe in course of treatment in Teaching Hospital. He was injured in the cross firing with police during self defense at Kapurdhara, Samakhusi today.
Nepali Congress Leader Jagadish KC said that Gainte was killed by the police in a two sided firing following the command of Home Ministry. KC who reached to the Teaching Hospital to know the state of Gangster Ghainte, said, “Five police wearing masks and civil uniform fired at Ghainte having his meal.” It is merely the drama of police in open firing after encountering Ghainte.


इन्काउन्टरका नाममा आफ्नो बोसको हत्या गरेको भन्दै कुमार श्रेष्ठ अर्थात् कुमार घैँटेका उत्तराधिकारी दाबी गर्ने नुवाकोटका सानुभाई भनिने युवराज गुरुङले सर्चअभियानमा खटिएका प्रहरीको सूचना संङकलन गर्न थालेका छन् ।
‘आफूलाई कर्म दिने बाबु समानको दाजुको नियोजित हत्या गरिएको छ, यसै बस्यो भने दाजुको आत्माले सराप्छ, इन्काउन्टर गर्ने प्रहरीलाई ठोक्ने हो,’ उनले योजना यसरी बनाएको पाइएको छ ।
सानुभाइको भनाइ उदृत गर्दै उनीनिकट स्रोत भन्छ, ‘मैले हिजोका दिनमा कुमार दाइलाई तपाईंका लागि मर्न र मार्न तयार छु भन्दै आएको थिएँ, म मरुँ या बाँचु तर कुमार दाइलाई गोली ठोक्नेलाई ठोक्छुठोक्छु ।’
पछिल्लो समय घैँटेले आपराधिक क्रियाकलापमा सानोभाइको प्रयोग गर्दै आएका थिए । सानुभाइविरुद्ध राजधानीका विभिन्न प्रहरी वृत्त र नुवाकोटमा समेत एक दर्जन भन्दा बढी उजुरी छन् । चार वर्षदेखि घैँटेको उत्तराधिकारी घोषित भएका सानोभाइ घैँटेकै साथीलाई पनि सामाखुशी क्षेत्रमा टेर्न छाडेका थिए । घैँटेपछिको डन उनी आफू भएको समकक्षीलाई सुनाउँथे ।
को हुन् सानुभाइ
सानुभाइको वास्तविक नाम युवराज गुरुङ हो भने उनी नुवाकोटका हुन् । सानुभाइलाई घैँटेले खुकुरी हान्न, मेनपावर कम्पनीबाट महिनावारी असुल्न, ठेकेदारलाई बन्दुक देखाएर तर्साउने काममा प्रयोग गर्दै आएका थिए । सानुभाइको समूह एकवर्षमा एक दर्जन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । घैँटेको आदेशमा सानुभाइले १० साउन ०७० मा सामाखुशी टाउन प्लानिङमा ज्यान मार्ने मनसायले मनोज मर्हजनमाथि खुकुरी प्रहार गरेका थिए । लगत्तै ०७० कार्तिकमा धादिङका विकास लामालाई ।
प्रहरीले सानुभाइको समूहलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नसक्दा उनको समूह थप अपराधमा संलग्न हुँदै गयो । सानुभाइको समूहले विकासलाई खुकुरी प्रहार गरेको केही समयपछि महादेवटारको हाइटमा च्याङ्बा भनिने व्यक्तिलाई पनि खुकुरी प्रहार गरे ।
च्याङ्बालाई खुकुरी प्रहार गरेको केहीदिनमै सानुभाइले विकास तामाङलाई बन्दुक देखाएर लखेटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । आधादर्जन अपराधमा संलग्न सानुभाइलाई घैँटेको आडभरोसामा नुवाकोटबाट धादिङ ससुराली गएका पवन तामाङलाई खुकुरी प्रहार गरी ज्यानै लिएका थिए । तर हत्याकाण्डमा उनको नाम जाहेरीमा परेन ।
तामाङको हत्यामा मुख्य नाइके रहेका सानुभाइ काठमाडौँमा खुलम्खुला हिंड्दा पनि प्रहरीको आँखामा पर्न सकेका छैनन् । सबै घटनाबारे प्रहरीमा जाहेरी परे पनि सानुभाइ पक्राउ नपरेको पीडित परिवारले बताए । यी सबै अपराधमा गुण्डाका नाइके घैँटेको अप्रत्यक्ष संलग्नता थियो ।
त्यस्तै घैँटेले धादिङमा हुने अधिकांश ठेक्कापट्टा कब्जा गर्न बाफलका समिरमान बस्नेत र राधे भण्डारीलाई प्रयोग गर्न थालेका थिए । तर खुकुरी प्रहार गर्न बन्दुक देखाउन भने सानोभाइको प्रयोग गर्दै आएका थिए । कुनैबेला घैँटेले मृतक दिनेश अधिकारी ‘चरी’ लाई समेत प्रयोग गर्थे ।
ठेक्कापट्टा र अवैध बालुवा खानी, ढुंगाखानीबाट असुलेको ८० लाख घैँटे एक्लैले खाएपछि चरी र घैँटेको सम्बन्ध ०६२ सालपछि चिसिएको थियो । चरीलाई पनि घैँटेले नै जन्माएको थिए । चरीसँग सम्बन्ध बिग्रिएपछि घैँटेले चरीविरुद्ध बाफलका गुण्डा समिरमान बस्नेत उभ्याएका थिए ।
धादिङमा चरीले एकाधिकार गर्न थालेपछि चरीसँग बिच्किएका राधे भण्डारीलाई धार बनाएर घैँटेले चरीविरुद्ध दुईवर्षअघि गोली हान्न लगाए । आफूमाथि गोली प्रहार गर्ने राधेलाई बदला लिने उद्देश्यले घटनाको ६ महिनापछि चरीले खुकुरी काण्ड मच्चाए । खुकुरी काण्डपछि मष्ट वान्टेड चरी एकवर्षअघि प्रहरी इन्काउन्टरमा भीमढुंगामा मारिए । चरीको मृत्युसँगै घैँटेले चरीको क्षेत्रमा राज गर्दै आएका थिए । त्यस्तै घैँटेले कलेजबाट ‘डीआइ’ को नाममा पैसा असुल्न सन्तोष गुरुङ, मनिष डंगोल, अनिल राणालाई प्रयोग गर्दै आएका थिए ।
सामाखुशी, बाफल, बालाजु क्षेत्रका प्रायः कलेजमा घैँटेले यी आपराधिक समूह परिचान गरेर ‘डीआइ’को नाममा विभिन्न कलेजबाट रकम असुल्दै आएका थिए । यतिखेर समिरमान बस्नेत घैँटेको दाहिने हात भएका थिए भने देब्रे हातका रुपमा सानुभाइ अगाडि आएका थिए ।
समिरमानको समूहमा राधे भण्डारी, कान्छा लामा, गोपी भण्डारी, शिव थापा, रानीवनको मनोज चित्रकार, सुरज प्रनव, जोन भनिने ओम बहादुर गुरुङलगायत छन् । उनीहरुलाई केही काँग्रेसी नेता र प्रहरी अधिकृतकै संरक्षण रहेको व्यापारीहरु बताउँछन् भनेर समाचार अपराधखबर डटकमले लेखेको छ ।
Previous
Next Post »